थानकोट–पिपलामोड सडक खण्डमा रातिको समयमा गाडी सञ्चालन गर्न रोक

थानकोट–पिपलामोड सडक खण्डमा रातिको समयमा गाडी सञ्चालन गर्न रोक

  • मङ्लबार, अशोज १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं, असोज १६ ।
काठमाडौँ आउजाउ गर्ने मुख्य नाका थानकोट–पिपलामोड सडक खण्डमा रातिको समयमा गाडी सञ्चालन गर्न रोक लगाइएको छ ।

सडक डिभिजन कार्यालय काठमाडौंले यो सडक खण्ड मर्मतको काम सुरु भएकाले आगामी असोज २२ गतेसम्म राति ८ बजेदेखि बिहान ५ बजेसम्म यात्रु र मालवाहक गाडी सञ्चालनमा रोक लगाइएको हो ।

गएराति देखि उक्त क्षेत्रमा सवारी आवागन रोकेर रातिको समयमा मर्मत थालिएको हो । यो क्रम ८ दिन सम्म जारी रहनेछ ।

खाल्डाखुल्डी र धुवाँ धुलोले हैरान भएको भन्दै स्थानीय बासिन्दाले गुनासो गरेपछि सडक डिभिजन कार्यालयले रातिको समयमा गाडी बन्द गरेर मर्मतसम्भारको काम सुरु गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ