काठमाडौं, असोज १६ । काठमाडौंको सुकेधारामा भएको सवारी दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ ।
दुर्घटनामा काठमाडौं, मण्डिखाटार बस्ने ६५ बर्षीय कृष्णप्रसाद मैनालीको मृत्यु भएको हो । नम्बर नखुलेको सवारी साधनको ठक्करबाट गम्भिर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगंजले जनाएको छ ।
राति ९ बजे पैदलयात्रीलार्इ ठक्कर दिएर सवारी साधनसहित फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline