नयाँ नेतृत्व चयन गर्दै योङ रेड फोर्स कञ्चनपुरको जिल्ला भेला सम्पन्न, अध्यक्षमा मनमोहन जैशी

नयाँ नेतृत्व चयन गर्दै योङ रेड फोर्स कञ्चनपुरको जिल्ला भेला सम्पन्न, अध्यक्षमा मनमोहन जैशी

  • सोमवार, अशोज १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 19K
    SHARES

कञ्चनपुर, १५ असाेज ।

नयाँ नेतृत्व चयन गर्दै योङ रेड फोर्स कञ्चनपुरको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले मनमोहन जैशीको नेतृत्वमा १७ सदस्यीय जिल्ला कमिटि चयन गरेकेा छ ।

भेलाले योङ रेड फोर्स कञ्चनपुरको उपाध्यक्षमा मास नेपाली, सचिवमा गोविन्द धामी, सहसचिवमा विरेन्द्र जोशी र कोषाध्यक्षमा जानकी केसीलाई चयन गरिएको छ ।

भेलाको उद्घाटन गर्दै नेपाल कम्युुनिष्ट पार्टी महाकाली ब्यूरो इन्चार्ज राप्तीले युवाहरुले विकृति विसंगति विरुद्ध लड्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले प्रकृतिले नै लड्ने सैन्य गुण दिएकाले सबै मानव जातिलाई मुक्त गर्न सम्पूर्ण युवाहरु एकिकृत जनक्रान्तिमा सामेल हुन आह्वान गर्नुभयो । राज्यले आफूहरुलाई सुनियोजित ढंगले झुठ्ठा मुद्धा लगाइरहेकोमा आक्रोश व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा योङ रेड फोर्सका निवर्तमान कोषाध्यक्ष तथा सुदुपश्चिम कमाण्ड इन्चार्ज दिनेश विकले पुजीवादले युवाहरुलाई विकृति विसंगति, लागु औषधको भुलभुलैयामा पारेर क्रान्तिबाट विमूख गर्न खोजिरहेकोले त्यतातर्फ नलागि एकिकृत जनक्रान्तिमा लामबद्ध हुन सम्पूर्ण युवाहरुलाई आग्रह गर्नुभयो । दलाल संसदीय व्यवस्थाको अन्त्य गरि वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाले मात्र युवाहरुको अधिकार सुनिश्चित गर्ने उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल क्मयुनिष्ट पार्टीका जिल्ला इन्चार्ज अग्नि, जिल्ला सेक्रेटरी राजेन्द्र विष्ट, पार्टीका ब्यूरो सदस्य धन बहादुर बुढा, योङ रेड फोर्सका केन्द्रीय भेला आयोजक समितिका सदस्य श्याम भट्ट, भुवन कुवर लगायतले बोल्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ