नेकपाका नेता–कार्यकर्ता गाउँगाउँमा, ‘सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान’ सान्दार बन्दै

नेकपाका नेता–कार्यकर्ता गाउँगाउँमा, ‘सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान’ सान्दार बन्दै

  • सोमवार, अशोज १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

रोल्पा, १५ असाेज ।

नेपाल कम्युनिस्ट पार्टीले सुरू गरेेका ‘सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान’ अन्तरगत अहिले राेल्पाका गाउँ गाउँमा पनि अभियानकर्मी खटिएका छन् । नेकपा का नेता–कार्यकर्ता रोल्पा जिल्लाका विभिन्न गाउँँमा पुगेका छन्। अभियान अन्तरगत नेता–कार्यकर्ताहरू रोल्पाका हरेक गाउँ र हरेक टोलमा पुगेका हुन् । अभियानका क्रममा सुनिल स्मृति गाउँपालिकाको सुलिचौर बजारमा सयौं जनताको सहभागितामा भब्य आमसभा सम्पन्न भएको छ ।

सभालाई सम्बोधन गर्दै सुवेदीले जिल्लामा जुन गाउँपालिका र वडापालिकाहरूले जनतालाई सताउने गर्छ, त्यसलाई आफ्नो पार्टीले कारबाहीको निशाना बनाउने चेतावनी दिए ।

‘हामीले जनताका जनजीवीका, जनतन्त्र, सुशासन र स्वाधीनताका आवाज बुलन्द बनाइरदा जुन वडा पालिका र जुन गाउँपालिकाले सबैभन्दा बढी जनतालाई सताइरहेकोे छ तेहि नै हाम्रो पहिलो निशानामा पर्छ ।’

सेक्रेटरी सुवेदीले सुरक्षाकर्मीहरूलाई नेकपासँग सहकार्य गरेर अगाडि बढ्न आग्रह गर्दै अगाडि भनेका छन्, ‘सुरक्षाकर्मी दाजुभाइहरू सक्नुहुन्छ तपाईं हामी मिलेर देशको सिमाना मिचिएको ठाँउमा गएर भारतीय साम्राज्यवादका विरुद्ध लडौं । होइन भने तपाईंहरुको हतियार हामीलाई सापटी दिनुस् हामी लड्छौं ।’

माथिको आदेश भन्दै आफुहरूलाई गिरफ्तार नगर्न प्रहरीलाई उनले थप आग्रह समेत गरे । ‘तपाईंहरु माथीको आदेश भन्दै हामीलाई धरपक्ड गिरफ्तार नगर्नुहोस् देश रहेन भने तपाईहरु पनि रहनुहुदैन ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ