स्टक क्लियरेन्स एक्स्पो अब एक दिन बाँकी, छुट योजनाले थामि नसक्नुको भिड

स्टक क्लियरेन्स एक्स्पो अब एक दिन बाँकी, छुट योजनाले थामि नसक्नुको भिड

  • सोमवार, अशोज १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

भृकुटीमण्डपमा संचालन भईरहेको स्टक क्लियरेन्स एक्स्पोमा अवलोकनकर्ताहरुको उल्लेखीय सहभागिता देखिएको छ । नजिकिँदै गरेको दशैंलाई लक्षित गरी दँशैको बेला सस्तो मेला भन्ने नाराका साथ सुरु गरिएको एक्स्पेमा उपभोग्य वस्तुका साथै लत्ता कपडा लगायतका वस्तुको खरिदमा आकर्षक छुट समेत प्रदान गरिएको छ ।

असोज ११ गतेदेखि संचालनमा आएको एक्सोपो चौथो दिनसम्म ४६ हजार बढीले अवलोकन गरेको आयोजकको दाबी छ । मेलामा पहिलो दिनदेखि नै सामान किन्न आउनेहरुको बाक्लो उपस्थिती देखिएको हो । साथै उल्लेखीय रुपमा व्यापार समेत भएको एक्स्पोमा सहभागिहरुको भनाई छ ।

दशैंका लागि सामग्री किन्न कता जाने भन्ने योजना बनाउनेहरुलाई एक्स्पोको आयोजकले एकै स्थानमा सुपथ मूल्यमा सामान उपलब्ध गराउन मेला आयोजना गरेको हो । इभेण्ट सोलुसन प्रालिले आयोजना गरेको एक्सपोको नेपाल चेम्बर अफ कमर्शले प्रवद्र्धन गरेको छ ।

राजधानीका साथै आसपासका उपभोक्तालाई लक्षित गर्दै स्वदेशी तथा विदेशी ब्राण्डका वस्तु तथा सेवाका ७२ वटा प्रदर्शनी तथा बिक्री केन्द्र मेलामा राखिएको छ । चाडपर्वका समयमा आयोजना हुने मेलाले आम उपभोक्तालाई धेरै सहज हुने विश्वास चेम्बर अफ कमर्शले लिएको छ । दोस्रो संस्करणका रुपमा आयोजना भएको मेला ‘दशैंको बेला सस्तो मेला’भन्ने नारा सहित आयोजना गरिएको हो ।

एक्स्पोमा दशैंका लागि आवश्यक सबै किसिमका सामाग्रीहरु सस्तो मूल्यमा किनमेल गर्न पाइने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।

‘मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेजका ७२ स्टलहरु छन् । मेलामा बजारको तुलनामा सस्तोमा स्वदेशी तथा विदेशी ब्राण्डका सामान खरिद गर्न सकिन्छ ।’ प्रधानले भने । नेपाल, भारत तथा बंगलादेश लगायत मुलुकका व्यवसायीहरु मेलामा सहभागि छन् । मेला असोज १५ गतेसम्म चल्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ