क्रान्तिकारी पत्रकार संगठनले पोखरामा बृहत अन्तरक्रिया गर्दै

क्रान्तिकारी पत्रकार संगठनले पोखरामा बृहत अन्तरक्रिया गर्दै

  • सोमवार, अशोज १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.7K
    SHARES

१५ असोज, काठमाडौं ।

क्रान्तिकारी पत्रकार संगठन नेपालले आज पोखरामा मानवधिकार तथा प्रेस स्वतन्त्रता सम्बन्धी विषयमाथि बृहत् अन्तरक्रिया कार्यक्रम गर्दैछ ।

संगठनको केन्द्रीय योजनाअनुसार तय गरिएको यस कार्यक्रम सोमबार पोखरास्थित नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा बिहान ११ बजे ‘मानवअधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’ विषयक बृहत अन्तरक्रिया हुन गइरहेको संगठनका केन्द्रीय सदस्य ओम हमालले जानकारी दिएका छन् ।

कार्यक्रममा अधिकारकर्मी, वकिल, व्यवसायी, संचारकर्मी, महिला तथा विभिन्न राजनीतिक दलका तर्फबाट प्रतिनिधिहरु सहभागी हुने संगठनले जनाएको छ ।

यसअघि संगठनले दाङको घोराही, कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी, बाँकेको नेपालगन्ज, सुर्खेतको वीरेन्द्रनगर र रुपन्देहीको बुटवलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ ।

मुलुकमा बढ्दै गइरहेको मानवअधिकारको हनन् तथा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपको सन्दर्भमा आयोजित यस कार्यक्रमले अधिकारको रक्षा र अभिव्यक्ति तथा विचारको स्वतन्त्रताको पक्षमा जागरण ल्याउने विश्वास आयोजक पक्षले लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ