– यदि केही सिक्नुछ भने आँखामा पढ्नु सिक्नुस जिब्रोबाट त मान्छेले हजारौ मतलब निकाल्दछ ।
– गन्तव्य जती नै उचाइमा किन नहोस्, बाटो त सधै पैतला मुनी नै हुन्छ ।
– यो जीवन एउटा महान विश्वविद्यालय हो । यहाँ फेल भएकाहरु मालिक छन पास भएकाहरु कामदार ।
– लक्ष्य बिनाको जिन्दगी बिना ठेगाना लेखिएर छोडेको चिठ्ठी जस्तै हो । जुन कुनै ठाउँमा पुग्दैन ।
-जीत हासिल गर्नुछ भने आफ्नो कर्मलाई बढाउनुहोस, किस्मतको रोटि त कुकुरको भाग्यमा पनि हुन्छ ।
– जिन्दगी बक्सिङ जस्तै हो, यहाँ ढल्दैमा हारेको मानिदैन हामी त्यतीबाला हार्छौ जब ढलेपछि पुनः उठ्दैनौ ।
– जिन्दगीमा प्रायः गलत मानिसले नै सही पाठ सिकाउछन्, जसलाई जीवन अनुभव भनिन्छ ।
– जीवन न त फूलै फूलको वाग हो न त काडै काडाको झाडी । जिन्दगी गुलावको बोट जस्तै हो जहाँ काडासँगै फूल हुन्छ, फूलसँगै काडा ।
– प्रायः मानिसहरू यो भ्रममा बाचिरहेछन् की जिन्दगीको बाटो भाग्यद्वारा पहिल्यै डोरिएको हुन्छ न कि कर्मद्वारा बनाइन्छ ।
– हामी यो जिन्दगी एक पटक मात्र जिउछौ तर यदि सही तरिकाले जिउछौ भने यती नै काफी छ ।
– किशोरावस्थामा उत्साह हुन्छ, समय हुन्छ तर पैसा हुदैन । युवा वस्थामा उत्साह हुन्छ, पैसा हुन्छ तर समय हुदैन अनी बुढेसकालमा पैस हुन्छ, समय हुन्छ तर उत्साह हुदैन ।
-…यात्राहरूमा उकाली ओह्रालीहरू हुन्छन्, विभिन्न मोडहरू आउदछन्, सधै एकैनास को त के नै पो हुन्छ र ? वसन्तसंगै शिशिर पनि आउछन्, घमाइला दिनसँगै हुरीबतास र चट्याङ पनि सहनुपर्छ, हासो छुट्छन् सँगै आशु झर्दछन्… सबैथोक सरल हुदैनन्, तर पनि अघि बढिरहनुपर्ने रहेछ- हरेक अवस्थामा ।
-एउटा मलिन मुस्कान भित्र, हजारौ दर्दहरू लुकेको हुनसक्छ । एउटा मिठो बाचा भित्र सयौ धोकाहरू लुकेको हुन सक्छ । मन भित्र हज्जारौ कुरा खेलीरहेको हुनसक्छ जब कोही एक्लै मौन रहेको हुन्छ ।