पत्रकार डिल्लीराज रावतलाई नेकपा राप्ती ब्यूरो र सल्यानले पनि गर्यो कारवाही

पत्रकार डिल्लीराज रावतलाई नेकपा राप्ती ब्यूरो र सल्यानले पनि गर्यो कारवाही

  • आइतवार, अशोज १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 19.2K
    SHARES

१४ असोज, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी पत्रकार संगठन नेपालको नाममा स्वघोषित अध्यक्ष बनेका सल्यानका पत्रकार डिल्लीराज रावतलाई पार्टी र संगठनको निर्णयविरुद्ध अराजक गतिविधि गरेको ठहर गर्दै नेकपा राप्ती ब्यूरो र सल्यान जिल्ला पार्टीले निष्कासन गरेर साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।

नेकपा सल्यान जिल्ला सेक्रेटरी लोकपाल के.सी.ले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले क्रान्तिकारी पत्रकार संगठन नेपालको अध्यक्षमा प्रकाश डुम्रेको नेतृत्व चयन गरी वैधानिकता दिइसकेको अवस्थामा पार्टी र संगठनको निर्णयलाई तिलाञ्जली दिँदै आफ्नो नेतृत्वमा संगठन पुनर्गठन गरेको भ्रम फैलाएको भन्दै रावतलाई जिल्ला सदस्य र राप्ती ब्यूरोबाट पार्टीको कुनै तहमा नरहने गरी निष्कासन गरेको जानकारी दिएका छन् ।

सल्यानबाट काठमाडौं आई केही सदस्यहरुलाई जम्मा पारेर आफू संगठनको अध्यक्ष भएको भन्दै प्रचार गर्ने गराउँदै र ‘बधाई शुभकामना’ बटुल्दै हिडिरहेको बेला रावतमाथि पार्टी यो कडा कारवाही गरिएको हो । संगठनको गत बैशाख १५–१७ मा उपत्यका सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनमा पार्टीको निर्देशनलाई अटेर गरेर निवर्तमान अध्यक्ष प्रभात चलाउनेको गुटमा मिसिन पुगेका रावत त्यसपछि पार्टीले प्रकाश डुम्रेको अध्यक्षमा चयन गरिएको नेतृत्वको उपाध्यक्षमा चयन गरेको थियो । तर उपाध्यक्षमाा नबसेर पहिलेकै गुटमा रहेर पार्टी र संगठनको नीति तथा विधानविरुद्ध अराजक हर्कत जारी राख्दै आएका उनी यही असोज ११ गते काठमाडौंमा आई उक्त गुटबाट स्वघोषित अध्यक्ष बनेका थिए । उक्त गुटको ‘भेला’मा पार्टीको कारवाहीमा परेका सदस्यहरुलाई पनि राखिएको थियो ।

निज रावतलाई नेकपा केन्द्रीय समितिको तर्फबाट हिजै पार्टी सदस्यता खारेज गरी निष्कासन कारवाही गरेको जानकारी दिइएको थियो । शनिबार नेकपाका केन्द्रीय सदस्य एवं क्रान्तिकारी पत्रकार संगठन नेपालका ईन्चार्ज सुलभले हिजो शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै ‘संगठनमा रहँदै आएका डिल्लीराज रावत संगठनको बर्खिलाफमा गई आफैंलाई अध्यक्ष घोषणा गरेकाले निजलाई सबै तहको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको’ जानकारी दिएका थिए ।

स्मरण रहोस्, संगठनका निवर्तमान अध्यक्ष चलाउने, केन्द्रीय सदस्यहरु जन्मदेव जैसी, कमल बुढा, बाबुराम भुसाल र सुदिप बर्देवालाई पार्टी र संगठनको नीति, नियम विधान र पार्टी निर्णय र नेतृत्वविरुद्ध अराजक गतिविधि तीव्र बनाउँदै भ्रामक समाचार वितरण गरेको तथा पार्टीको आन्तरिक सूचना चुहाएको ठहर गर्दै मातृ पार्टी नेकपाको मध्य केन्द्रीय कमाण्डका ईन्चार्ज सुदर्शनले पार्टीबाट निष्कासन गरिएको विज्ञप्तिमार्फत जानकारी दिइसकेका छन् ।

पाँचै जनालाई नेकपा र तिनका भातृ संगठन कुनैमा पनि नरहने गरी साधारण सदस्यताबाटै खारेज गसिकेको छ । अब पार्टी सदस्यता समेत भएर पत्रकार संगठनमा रहेका केन्द्रीय स्तरमा सदस्यको हैसियतमा कारवाहीमा पर्नेमा रावतसहित सात जना पुगेका छन् । आजै नेकपा मकवानपुरका सेक्रेटरी अनुरागले एक प्रेस विज्ञप्ति जारी गर्दै संगठनमा केन्द्रीय सदस्य रहेका रुपमा गुरुङ, तिलक अधिकारीलाई पार्टी र संगठनको निर्णयविरुद्ध गई अराजक गतिविधि गरेको ठहरसहित साधारण सदस्यबाटै निष्कासन कारवाही गरेको जानकारी दिइसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी