नेकपा केन्द्रीय सदस्य खड्काको रिहाईको माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर

नेकपा केन्द्रीय सदस्य खड्काको रिहाईको माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर

  • आइतवार, अशोज १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 21.4K
    SHARES

१४ असोज, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल’लाई गैर कानूनी थुनामा राखेका भन्दै रिहाई माग राखेर आइतबार बन्दी प्रत्यक्षीकरण रिट निवेदन सर्वोेच्च अदालतमा दायर भएको छ ।

रिट निवेदन डीपी शर्माले दायर गरेका हुन् । नेता असललाई अहिले आगजनी गरेको अभियोगमा अनुसन्धानका लागि भन्दै मकवानपुर प्रहरीको हिरासत राखिएको छ ।

यस अघि रुपन्देही उपमहानगरपालिका वडा नम्बर २ स्थित जितगढी किल्लाको फुलबारी क्षेत्रभित्र रहेको भारतीय पेन्सन क्याम्प परिसरमा बम विष्फोट गराउन संलग्न रहेको आरोपमा गिरफ्तार गरी चलाइएको ‘विष्फोटक पदार्थ’ मुद्दामा रुपन्देही जिल्ला अदालतमा भएको बहसपछि उनी धरौटीमा रिहा भएका थिए ।

रिहालगत्तै गतहप्ता उनलाई गिरफ्तार गरी बुटवल प्रहरीले नीजि गाडी स्कारपियोमा राखेर मकवानपुर प्रहरीलाई जिम्मा लगाएको थियो । केन्द्रीय सदस्य असललाई पार्टीको कामको सिलसिलामा सार्वजनिक यातायातबाट काठमाडौं आइरहेको बेला गएको भदौ ५ गते धादिङको नौबिसेबाट डेढ दर्जनको संख्या रहेको सादा पोशाकका प्रहरीले गिरफ्तार गरी चरम यातना दिई भोलिपल्ट ६ गते काठमाडौंको टेकु प्रहरी परिसरबाट सार्वजनिक गरिएको थियो । त्यसको भोलिपल्ट ७ गते आन्तरिक उडानबाट बुटल लगिएको थियो ।
असल सल्यान निवासी हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ