नेकपा मकवानपुरद्वारा अधिकारी, गुरुङ र सापकोटालाई निष्कासन कारवाही (विज्ञप्तिसहित)

नेकपा मकवानपुरद्वारा अधिकारी, गुरुङ र सापकोटालाई निष्कासन कारवाही (विज्ञप्तिसहित)

  • आइतवार, अशोज १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

१४ असोज, मकवानपुर ।

नेपाल कम्युनिस्ट पार्टीको मकवानपुर जिल्ला कमिटीले जिल्ला सदस्य तिलक अधिकारी र रुपा गुरुङसहित तीन जनालाई निस्कासन गरेर साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ ।

त्यस्तै क्रान्तिकारी पत्रकार संगठन नेपालको मकवानपुर जिल्ला सचिव राज सापकोटालाई पनि निस्कासन कारवाही गरेको छ नेकपा मकवानपुर जिल्ला सेक्रेटरी अनुरागले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै अधिकारी, गुरुङ र सापकोटाले पार्टीको निर्णयविरुद्ध अराजक गतिविधि गरेको र पार्टीको पत्रकारहरुको पेशागत आधिकारिक संगठन प्रकाश डुम्रेको अध्यक्षमा गठित क्रान्तिकारी पत्रकार संगठन, नेपालको विरुद्धमा चलाइएको गुटबन्दीमा सहभागी भई पार्टी निर्णयविरुद्ध हर्कत गरेको ठहरसहित निष्कासन गरेर कारवाही गरेको जानकारी दिएका छन् ।

तीनै जना आजबाट पार्टीको कुनै जिम्मेवारीमा नरहेको र पार्टीसँग सम्बन्धित भएर कुनै किसिमको सम्बन्ध नराख्न समेत सबै पक्षसँग सूचित गरिएको जानकारी दिइएको छ । साथै पार्टी केन्द्रले क्रान्तिकारी पत्रकार संगठन नेपालको तेस्रो सम्मेलनबाट निर्वाचित प्रकाश डुम्रेको अध्यक्षताको नेतृत्लाई वैधानिक दिएको समेत स्मरण गराउँदै अन्य गुट बनाउनु पार्टी निर्णयविरुद्धको अराजकता भएको स्पष्ट पारेका छन् ।

पार्टी संगठनको नीति, नियम र विधान र पार्टी निर्णयविरुद्ध डिल्लीराज रावतको अध्यक्षतामा अर्को संगठन गरेर अजराजक गतिविधिमा संलग्न भएको पुष्टि भएकोले मकवानपुर जिल्ला पार्टीका सदस्य तिलक अधिकारी, रुपा गुरुङ र क्रान्तिकारी पत्रकार संगठनको मकवानपुर जिल्ला सचिव राज सापकोटा समेतलाई पार्टी जिम्मेवारीबाट साधारण सदस्य समेत नरहने गरी संगठनबाट निष्कासन गरिएको यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौ’ सेक्रेटरी अनुरागद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ