स्वघोषित अध्यक्ष बनेका पत्रकार डिल्लीराज रावतलाई गरे साधारण सदस्यसमेत नरहने गरी कारवाही (विज्ञप्तिसहित)

स्वघोषित अध्यक्ष बनेका पत्रकार डिल्लीराज रावतलाई गरे साधारण सदस्यसमेत नरहने गरी कारवाही (विज्ञप्तिसहित)

  • शनिबार, अशोज १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 17.7K
    SHARES

काठमाण्डौ, १३ असोज ।

क्रान्तिकारी पत्रकार संगठन,नेपालको स्वघोषित अध्यक्ष बनेको भन्दै सल्यानका पत्रकार डिल्लीराज रावत अन्तत: साधारण सदस्य समेत नरहने गरी निस्काशनमा परेका छन् । यसअघि मातृ पार्टी नेपाल कम्युनिष्ट पार्टीले उपाध्यक्षको जिम्मेवारी दिएपनि अस्वीकार गर्दै कारवाहीमा परिसकेको गुटलाई जम्मा गरेर अध्यक्ष बनेपछि रावत कारवाहीमा परेका छन् ।

संगठनको मातृ पार्टी नेपाल कम्युनिष्ट पार्टीले रावतलाई सबै तहको साधारण सदस्य समेत नरहने गरी निष्काषशन गरेको हो । संगठन पार्टी इन्चार्ज सुलभले निकालेको विज्ञप्तिमा भनिएको छ,‘यही असोज ११ गतेका दिन केन्द्रीय समिति गठन गरि डिल्लीराज रावतलाई अध्यक्ष बनाईएको भनी आएको प्रेस विज्ञप्तिप्रति हाम्रो गम्भिर ध्यानकर्षण भएको छ, क्रान्तिकारी पत्रकार संगठन,नेपालको गठन यसअघि नै प्रकाश डुम्रेको अध्यक्षतामा भईसकेको कुरा सार्वजनिक भईसकेको छ साथै उक्त संगठन क्रियाशील रहिरहेको छ ।’

संगठनमा रहेका डिल्लीराज रावत संगठनको बर्खिलापमा गई आफैलाई अध्यक्ष घोषणा गरेकाले सबै साधारण सदस्य समेत नरहने गरि निष्काशित गरिएको विज्ञप्ति छ । विज्ञप्तिमा भनिएको छ,‘निज व्यक्तिसंग क्रान्तिकारी पत्रकार संगठन,नेपालको आजको मितिदेखि कुनै सरोकार नरहेकाले संगठनसँग सम्बन्धित कुनै कार्य नगर्न सबैमा सूचित गराईन्छ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ