ए डिभिजन लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र आर्मी भिड्दै

ए डिभिजन लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र आर्मी भिड्दै

  • शनिबार, अशोज १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

काठमाडौं,असोज १३ ।
झण्डै पाँच वर्षको अन्तरालमा शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट राजधानीमा सुरु हुँदै छ । पछिल्लो पटक २०७० सालयता ए डिभिजन लिग सञ्चालन भएको छैन ।

२०७१–७२ सालमा राष्ट्रिय लिग आयोजना भएको थियो भने भूकम्पका कारण त्यसयता लिग हुन सकेको छैन । आज हुने लिगको उदघाटन खेलमा त्रिभुवन आर्मी र न्यूरोड टिम (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ ।

यी दुइ टोलीबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा अपरान्ह ३ बजेदेखि सुरु हुनेछ । त्यसअघि उद्घाटन कार्यक्रम भने दिउँसो साढे २ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताअघि भएको पत्रकार सम्मेलनमा सहभागी सबै टिमका प्रशिक्षकहरुले लिगमा आफ्नो लक्ष्यका साथै दावेदारिता पनि प्रस्तुत गरेका थिए । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आर्मी पहिलो पटक लिग जित्न उत्सुक रहेको प्रतिक्रिया दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ