केन्द्रीय सदस्य योगीकाे अापत्तीः कारवाहीमा परिसकेका व्यक्तिले मेरो नाम दुरुपयोग गरे

केन्द्रीय सदस्य योगीकाे अापत्तीः कारवाहीमा परिसकेका व्यक्तिले मेरो नाम दुरुपयोग गरे

  • शुक्रबार, अशोज १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 17.3K
    SHARES

काठमाण्डाै, १२ असाेज ।

क्रान्तिकारी पत्रकार संगठन,नेपालका केन्द्रीय सदस्य जगदिशनाथ योगि राजकुमारले पार्टी र संगठनको कारवाहीमा परिसकेकाले आफ्नो नाम दुरुपयोग गरेको भन्दै अापत्ति जनाउनुभएको छ ।

शुक्रवार विज्ञप्ति निकाल्दै केन्द्रीय सदस्य योगिले संगठनले आफ्नो अभियान तिब्र पारिरहेका बेला केही गलत र संगठन तथा मातृ पार्टी नेकपाको कारवाहीमा परिसकेका व्यक्तिले छुट्टै संगठन बनाएको भनेर भ्रम फैलाएको आरोप समेत लगाउनुभएको छ ।

उहाँले डिल्लीराज रावतको अध्यक्षमा संगठन बनेको र आफूलाई केन्द्रीय सदस्य भन्दै नाम राखेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

विज्ञप्तिमा उहाँले भन्नुभएको छ,‘संगठनका अध्यक्ष प्रकाश डुम्रेसहितको पदाधिकारी टोली अभियानमा लागिरहेका बेला काठमाण्डौमा केही झुण्डले संगठनलाई बदनाम गर्ने प्रयास गरेकोप्रति गम्भीर आपत्ति प्रकट गर्दछु ।’

केन्द्रीय सदस्य योगिले संगठन र मातृ पाटी नेकपाको निर्णयप्रति आफू प्रतिबद्ध रहेको स्पष्ट पानुभएको छ । उहाँले भन्नुभएको छ,‘त्यसैले डिल्लीराज रावत अध्यक्ष रहेको संगठन आधिकारिक नरहेको र म त्यसमा नरहेको प्रष्ट पार्दछु ।’

उहाँले मातृ पाटीको निर्णय अनुसार प्रकाश डुम्रेको अध्यक्ष रहेको टिम नै आधिकारिक रहेकोमा प्रष्ट रहेको र आफू त्यसकै केन्द्रीय सदस्य रहेकेा योगिले जनाउनुभएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ