टिकापुर, १२ असोज ।
नेपाल कम्युनिस्ट पार्टीले भदौ १ गतेदेखि सुरु गरेको चार महिने ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ले देशब्यापी रूपमा तिब्रता पाएको छ ।
उक्त अभियान सेती ब्युरोअन्तर्गत पर्ने कैलाली, डोटी, अछाम, बाजुरा र बझाङ लगायत जिल्लाहरूमा सफल रुपमा अभियान चलिरहेको अभियानकर्मीहरूले बताएका छन् । नेकपाका नेता कार्यकर्ताहरु अभियानका क्रममा गाउँ गाउँ सम्म पुगेर जनश्रम, सहिद, वेपत्ता परिवारसँग छलफल, भेटघाट तथा अन्तरक्रिया र संगठन निर्माण लगायतका कार्यक्रम सन्चालन गरिरहेका छन् ।
यसैक्रममा कैलालीमा पनि अभियान सानदार रुपमा सफल भईरहेको उक्त पार्टीले जनाएको छ । भदौ १ गते टिकापुरबाट सुरु भएको अभियान अहिलेसम्म सो नगरपालीकाको ८ वटा ओडामा सम्पन्न भईसकेको नेकपाका सेती व्यरो सदस्य तथा कैलाली जिल्ला ईन्चार्ज विवेक कुमालले जानकारी दिनुभयो ।

टोलीले जनताको घरदैलोमा पुगेर सङ्गठन निर्माण, जनभेला, पिँढीभेला, घरदैलो, जनसेवा, दलाल संसदीय व्यवस्थाको भण्डाफोर र एकीकृत जनक्रान्ति तथा वैज्ञानिक समाजवादका पक्षमा प्रशिक्षण सञ्चालन गरिरहेको ईन्चार्ज कुमालले मिर्मिरे अनलाईनलाई जानकारी दिनुभयो ।
नेकपाले ईलाका र नगरस्तरीय भेला भने सम्पन्न गरिसकेको छ । भने १३ वटा स्थानीय तह रहेको कैलालीको टिकापुर नगरपालीका भित्रका सबै १० वटा वडामा नै अभियान जारी छ । जसमध्ये आज (शुक्रवार) सम्म वडा नम्बर १ देखि ८ सम्म वडा र सेल स्तरीय भेला पनि सम्पन्न भएको उहाँले बताउनु भयो ।
आज ८ नम्वर वडामा भेला सम्पन्न भएको छ । नेकपा केन्द्रिय सदस्य तथा सेती ब्युरो ईन्चार्ज सिकन्दरले पार्टीको ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ले सफलतापूर्वक अघि बढीरहेको जानकारी दिदै दलाल संसद्वादको अन्त्य भएर छिट्टै वैज्ञानिक समाजवाद स्थापना हुने बताउनु भयो ।

अहिले अभियानका टोलीहरू ब्युरोभरि नै क्रियाशील रहेको र जनताले दलाल संसदीय व्यवस्थाको विकल्पमा हृदयदेखि नै वैज्ञानिक समाजवाद अवलम्बन गर्ने उहाँले प्रतिक्रिया व्यक्त गरेको अभियानका कमान्डरहरूले बताएका छन् ।

जनताले दलाल संसद्वादका मतियार रहेको केपी ओली–पुष्पकमल दाहाल गठबन्धन सरकार मात्र नभएर यो व्यवस्था नै छिट्टै धराशयी हुने र एकीकृत जनक्रान्तिको सफलतासँगै वैज्ञानिक समाजवाद स्थापना हुने विश्वास व्यक्त गरेको प्रतिक्रिया अभियानका कमान्डरहरूले दिएका छन् ।

यसैबीच कन्चनपुर, डडेल्धुरा, वैतडि र दार्चुलामा पनि उक्त अभियान घनीभूत रूपमा सञ्चालन भैरहेको नेकपाका स्थानीय नेता–कार्यकर्ताहरूले बताएका छन् । जनताको बीचमा गएर सङ्गठन बिस्तार र सुदृढीकरण गरिरहेको र आफ्नो पार्टीको कार्य्िदशा एकीकृत जनक्रान्तिका बारेमा जनतालाई बुझाउने काम भइरहेको उनीहरूको भनाइ छ । नेकपाको चारमहिने यो अभियान देशका चारवटै कमान्डमा चलिरहेको नेकपाले जनाएको छ ।

