नगरविकासको जग्गा हडप्नेमाथि जनकारवाही गर्ने नेकपाको चेतावनी (विज्ञप्तिसहित)

नगरविकासको जग्गा हडप्नेमाथि जनकारवाही गर्ने नेकपाको चेतावनी (विज्ञप्तिसहित)

  • शुक्रबार, अशोज १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 25.6K
    SHARES

१२ असोज, महेन्द्रनगर ।

नेपाल कम्युनिस्ट पार्टीले भीमदत्त नगर विकास समितिको ६ सय ५० विगाह जग्गा दलाल र माफियाहरुको मिलेमतोमा भाडा दिने र कराडौं रकम कुम्ल्याएर भ्रष्टाचार गर्ने दाउमा लागेको भन्दै उक्त कार्य तत्कल रोक्न चेतावनी दिएको छ ।

नगरपालिकभित्र थुप्रै समस्या रहेको र त्यसलाई कमाउने धन्दाको रुपमा विकास गर्न दलालसँग नगरपालिकाका कर्मचारीको समेत साँठगाँठ रहेको भन्दै त्यस्ता दलाल र भ्रष्ट कर्मचारीलाई जनकारवाही गर्ने चेतावनी नेकपा भीमदत्त नगर कार्यसमितिका सचिव आजादले दिएका छन् ।

शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जग्गा विवादबारे नगर पार्टी समितिको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सचिव आजादे नगर विकासको जग्गामा अवैधानिक र अव्यवस्थित ढंगले निर्माण भएका र भइरहेका कार्यहरु तुरुन्त रोक्न चेतावनी दिएका छन् ।

‘भिमदत्त नगर विकास समितिको स्वामित्वमा रहेको ६५० बिगाह जग्गा भाडा प्रकरणमा करोडौं रुपैयाँको चलखेल गर्दै भूमाफिया, दलाल सक्रिय भइरहेका छन् । भ्रष्ट नगर अध्यक्ष, पूर्वअध्यक्षहरु, केही भ्रष्ट कर्मचारीहरुले सरकारी जमिनलाई विभिन्न वहानामा हडप्ने प्रपञ्च गरिरहेका छन्’ आजादद्वारा जारी विज्ञिप्तमा भनिएको छ ‘भिमदत्त नगरपालिकासँग यस विषयमा गम्भीर भई यथाशीघ्र यो विषय समाधान गर्न अनुरोध गर्दछौं ।’

समाधान नगरिए जनसत्ताको निर्देशनमा पार्टीले कारवाही चेतावनी पनि दिइएको छ । भ्रष्ट, घुसखोर तथा जनविरोधी कार्य गर्नैहरुमाथि नेकपाले कालो मोसो दल्ने तथा भौतिक रुपमा ‘कारवाही’ गर्दै आइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ