काठमाडौं, असोज १२ ।
यस वर्षको इन्द्रजात्रा आजबाट सकिदै छ । भाद्र शुक्ल द्धादशीका दिन हनुमान ढोका अगाडी धार्मिक विधिपूर्वक इन्द्र ध्वजासहितको लिंगो ठड्याइए पछि सूरु भएको इन्द्र जात्रा आश्विक कृष्ण चतुथीउृका दिन आज राति लिंगो ढालेसँगै सकिनेछ ।
आज राति १० बजेर २७ मिनेटमा लिंगो ढालिने काठमाडौं जात्रा व्यवस्थापन समितिका राजन महर्जनले जानकारी दिनुभयो । जात्राको अन्तिम दिन लिंगो ढाल्नु अघि गणेश, भैरव र कुमारीको हातबाट राष्ट्रपति विद्या देवि भण्डारीले टिक र प्रसाद ग्रहण गर्ने कार्यक्रम छ ।
हरेक वर्ष राष्ट्र प्रमुखको हातबाट टीका प्रसाद ग्रहण गर्ने परम्परा छ । सोही दन कुमारी, गणेश र भैरवका रथलाई यट्खा, नरदेवी, किलगल, भेडासिंह, इन्द्रचोक, मखन, हनुमान ढोका हुँदै वसन्तपुरसम्म परिक्रमा गर्ने गरिन्छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline