रसुवा, असोज ११ ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपालले रसुवा र सोलुखुम्बुमा एक दिवसीय अभ्यास वर्ग कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यार्थी परिषदले सोलुखुम्बुको सल्लेरी र उत्तरको छिमेकी जिल्ला रसुवाको कालिकानगरमा एक दिवसीय अभ्यास वर्ग कार्यक्रम सम्पन्न गरेको हो ।
अभ्यास वर्ग पछी सोलुखुम्बुको सल्लेरीमा योगेश राई र रसुवाको कालिकानगरमा सुब्बा तामाङको नेतृत्वमा १५÷ १५सदस्यीय नगर समिति पनि गठन गरिएको परिषद्का राष्ट्रि सचिव छितराज न्यौपानेले जानकारी दिनुभयो ।
सोलुखुम्बुको सल्लेरी नगर अभ्यास वर्गमा विद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिब नारायण प्रसाद ढकाल र प्रदेश संगठन सचिव राधेश्याम सेन्चुरीले सहभागीलाई विद्यार्थी परिषदको बारेमा जानकारी गराउनु भएको थियोृ ।
यस्तै रसुवाको कालिकानगरको अभ्यास वर्गमा विद्यार्थी परिषद्का राष्ट्रिय सचिव एवं विभाग संगठन सचिव न्यौपानेको उपस्थिति रहेको थियो । दुबै अभ्यास वर्गमा विद्यार्थी परिषदको सैद्धान्तिक भुमिका ,कार्य पद्धति ,र सक्षम इकाईको बारेमा प्रशिक्षण प्रदान गरिएको थियो ।