एसिया कप क्रिकेटको उपाधि भिडन्त भोली

एसिया कप क्रिकेटको उपाधि भिडन्त भोली

  • बिहिबार, अशोज ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

काठमाडौं, असोज ११ ।
दुबइमा जारी एसिया कप क्रिकेटको उपाधि भिडन्त भोली हुुँदै छ । उपाधिका लागि भोली भारतले बंगलादेशको सामना गर्नेछ ।

गएराति भएको खेलमा पाकिस्तानलाई हराँउदै बंगलादेश एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । सुपर फोर चरणको अन्तिम खेलमा बंगलादेशले पाकिस्तानलाई ३७ रनले पराजित गरेको हो ।

खेलमा पहिले व्याटिङ गरेको बंगलादेशले ४८ ओभर ५ बलमा अलआउट हुनुपूर्व २ सय ३९ रन जोड्यो । बंगलादशेका लागि विकेटकिपर ब्याट्सम्याज मुस्फिकर रहिमले ९९ रन जोड्दा मोहोमद मिथुनले ६० रनको योगदान दिए ।

बलिङतर्फ पाकिस्तानका जुनेद खानले ४ विकेट लिए । जवाफमा २ सय ४० रनको चुनौती पछ्याएको पाकिस्तानले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २ रन मात्रै बनाउन सक्यो ।

पाकिस्तानका ईमाम उल हकले ८३ रन जोड्नुबाहेक अन्य कुनैपनि खेलाडीले सम्झनलायक पारी खेल्न सकेनन् । पाकिस्तानलाई सस्तैमा समेट्न बंगलादेशका मुस्तफिजुर रहमानले ४ विकेट लिए । भारत यसअघि नै प्रतियोगिताको फाइनलमा पुगिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ