महेन्द्र बहुमुखी क्यापस नेपालगन्जमा अखिल क्रान्तिकारीको इकाइ सम्मेलन सम्पन्न

महेन्द्र बहुमुखी क्यापस नेपालगन्जमा अखिल क्रान्तिकारीको इकाइ सम्मेलन सम्पन्न

  • बुधबार, अशोज १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.9K
    SHARES

१० असोज, बाँके ।

नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)को नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको पाँचौं क्यापस इकाइ सम्मेलन सम्पन्न भएको छ ।

बुधबार सम्पन्न इकाइ सम्मेलन अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष मदन चन्दको प्रमुख आथित्यमा सम्पन्न भएको हो ।
सम्मेलनबाट डिल्ली क्षेत्रीको अध्यक्षतामा २१ सदस्यीय क्याम्पस मूल ईकाई कमिटी गठन गरियो । सम्मेलनमा ‘देश र जनताको सेवाको लागि अध्यायन गर्न युवा विद्यार्थीहरुमा हाम्रो आह्वान, निजीकरण र व्यापारिकरणविरुद्ध वैज्ञानिक समाजवादी शिक्षाका लागि ५औं ईकाइ सम्मेलन’ नारा तय गरिएको थियो ।

कमिटीका अन्य पदाधिकारीहरु उपाध्यक्षमा उपेन्द्र रावल, सचिवमा दिपेन्द्र फडेरा क्षत्री, सहसचिवमा दिपेन्द्र बोहरा र कोषाध्यक्षमा अदृष्या राई चयन भएको बाँके जिल्ला सचिव डि.बी. शाहीले जानकारी दिए । सोह्र जना सदस्यहरु रहेका छन् ।

सम्मेलनमा बोल्दै प्रम्ुख अथिति चन्दले नेपालको शिक्षामा व्यापक रुपमा भ्रष्टिकरण, नीजिकरण, दलालीकरण, माफियाकरण हावी भएकोले सिंगो शिक्षा क्षेत्रलाई नै धराशायी बनाएको बताए । नीजिकरण र माफियाकरणबाट फिर्ता ल्याउन सम्पूर्ण विद्यार्थी र अभिभावक एकजुट हुनुपर्ने धारणा राखे ।

शिक्षा जस्तो मौलिक अधिकारलाई सरकारी र निजी बनाएर विद्यार्थी वर्गबाटै दुईथरि जनशक्ति उत्पादन गरेर राज्यले गम्भीर गल्ती गरेको बताउँदै यसको समाधानका लागि वैज्ञानिक समाजवादी शिक्षा प्रणाली लागू गर्नुको विकल्प नरहेको चन्दको भनाई छ । त्यसनिम्ति नेकपाले अगाडि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशालाई सफल तुल्याउने जिम्मेवारी विद्यार्थीकै काँधमा आएको बताए ।

अहिलेको शिक्षा दलाल र पूँजीवादीको निर्देशन चलेको र यसलाई जरैदेखि उखेलेर फाल्नुको साटो सरकारले बोकेर हिडेको भनाई उनको छ । सम्मेलनको अध्यक्षता हरिशंकर प्याकुरेल र संचालन डिल्ली क्षेत्रीले गरेका थिए भने स्वागत मन्तव्य उपेन्द्र रावलले गरेका थिए ।

सम्मेलनमा अखिल (क्रान्तिकारी)का पूर्वकेन्द्रीय सदस्य तथा नेपाल कम्युनिस्ट पाटी बाँके का जिल्ला कमिटी सदस्य चक्र वि.सी., जिल्ला उपाध्यक्ष प्रकाश ओली, सचिव डि.बि. शाही लगायतका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ