श्रेयाको बलात्कार पछि हत्या गरेको आरोपमा एक युवा पक्राउ, दिउसो सार्वजनिक गर्ने तयारी  

श्रेयाको बलात्कार पछि हत्या गरेको आरोपमा एक युवा पक्राउ, दिउसो सार्वजनिक गर्ने तयारी  

  • बुधबार, अशोज १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

पोखरा, असोज १० ।
पोखरा–२२ पुम्दीभुम्दी कोदीकी १० वर्षीया श्रेया बिक (सुनार) लाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले स्थानीय एक युवालाई पक्राउ गरेको छ ।
घटनापछि तत्काल अनुसन्धानमा खटिएको टोलीले २४ घण्टा नपुग्दै आरोपीलाई पक्राउ गरेको हो । श्रोतका अनुसार श्रेयालाई आफ्नै छिमेकीले बलात्कारपछि हत्या गरेका हुन् ।
घटनापछि पुम्दीभुम्दीकै शंकास्पद आधा दर्जनभन्दा बढीलाई पक्राउ गरिएको थियो । तीन जनामा बढी शंका लागेकोमा एक जनाले भने अपराध स्वीकार गरिसकेको बताएको छ ।
वडा प्रहरी कार्यालय बैदाम प्रहरी प्रमुख डिएसपी नविन कार्कीले अपराधमा संलग्न पक्राउ परिसकेको बताउनु भयो । यद्यपी उहाँले पक्राउबारे थप केहि जानकारी दिन नचाएपनि दिउसो पत्रकार सम्मेलन गरेरै यस सम्बन्धमा जानीकारी दिने बताउनु भयो ।
डिएसपी कार्की नेतृत्वको टोलीले घटनास्थल सुरक्षित गर्नेदेखि अन्य प्रारम्भिक अनुसन्धानको काम गरेको थियो ।  हिजो बिहान स्थानीयले खबर गर्ने बित्तिकै प्रहरी घटनास्थल पुगेको थियो । मध्यरातसम्मै अनुसन्धान पश्चात् घटनामा संलग्न पक्राउ गर्न प्रहरी सफल भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ