क्रान्तिकारी पत्रकार संगठनको नेपालगञ्जमा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न

क्रान्तिकारी पत्रकार संगठनको नेपालगञ्जमा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • बुधबार, अशोज १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.2K
    SHARES

१० असोज, बाँके ।

क्रान्तिकारी पत्रकार संगठन नेपालको आयोजना बाँकेको नेपालगञ्जमा बृहत् कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार सम्पन्न मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता शीर्षकमा बृहत् अन्तरक्रिया कार्यक्रममा संचार, कानून व्यवसायी, अधिकारकर्मी, व्यवसायी, नागरिक समाज, महिला, उद्योगी, उत्पीडित क्षेत्रका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरुको व्यापक सहभागिता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सरकार मानवधिकारको रक्षा र पूर्ण प्रेस स्वतन्त्रलाई कुल्चने काम गरेको धारणा राखे । सरकारले नागरिको मौलिक र वैयक्तिक स्वतन्त्रतालाई कुण्ठित गरेको भन्दै त्यसलाई तत्काल रोकेर नागरिक, महिलाको अधिकारको रक्षाको ग्यारेन्टी गर्न माग गरे ।

मुलुकी अपराध (संहिता) २०७४, देवानी र फौजदारी ऐनले प्रेस स्वतन्त्रता कुण्ठित गरेको भन्दै त्यसरलाई खारेज गरेर पूर्ण प्रेसमैत्री बनाउन सरकारसँग आग्रह गरे । अन्तरक्रिया संगठनको केन्द्रीय कार्यक्रम हो । जिल्ला उद्योग वाणिज्य संघको हलमा भएको कार्यक्रम अध्यक्षता र महासचिव हिम विष्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ