काठमाडौं, असोज १० ।
स्पानिस ला लिगामा गएराती भएको खेलमा एट्लेटिको मड्रिडले हुएस्कालाई ३–० ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले तीनै गोलपहिलो हाफमा गरेको थियो ।
एट्लेटिकोका लागि एन्टोनी ग्रीजमन, थोमस र कोकेले एक÷एक गोल गरे। सिजनको तेस्रो जितपछि ६ खेलबाट ११ अंक जोडेको एट्लेटिको अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ ।
एक(एक खेल कम खेलेका बार्सिलोना र रियल मड्रिडको समान १३ अंक छ । ला लिगाकै अन्य खेलमा स्पानयोलले आइबरलाई १(० ले हराउँदा रियल सोसिडाड र रायो भालेकानोले २(२ को बराबरी खेलेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline