पोखरामा पनि बलात्कारपछि बालिकाको हत्या

पोखरामा पनि बलात्कारपछि बालिकाको हत्या

  • बुधबार, अशोज १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

पोखरा, असोज १० ।

पोखरा–२२ पुम्दीभुम्दीको कोदी गाउँकी श्रीया सुनार सोमबार साँझ साढे ५ बजे मामाघरबाट निस्किएकी थिइन् । बिस्कुट किन्न पसल हिँडेकी १० वर्षीया सुनार मंगलबार बिहान मृत अवस्थामा भेटिइन् ।

बलात्कारपछि हत्या गरिएकी पोखरा–२२ पुम्दीभुम्दीकी श्रीया सुनारकी आमा बेलकुमारीलाई सम्हाल्दै उनका आफन्त । तस्बिर : दीपक परियार

सुनारका बाबुले दुई वर्षअघि अर्की बिहे गरेपछि भैरहवातिर लागेका थिए । आमा बेलकुमारीलाई रोगले च्याप्यो । बेलकुमारीका पिता लीलबहादुर सुनारले छोरी, तीन नातिनी र एक नातिलाई आºनैमा बोलाए । जम्मा २० मिनेटको दूरी छ दुई घरको । ज्यामी काम गरेर सकीनसकी उनले छोरीको उपचार गराए । नातिनातिना पढाए । केही बिसेक भएपछि गत बुधबार मात्रै बेलकुमारी घर फर्केकी थिइन् । श्रीया घरि घर, घरि मामाघर गरिरहन्थिन् ।

उनी मामाघरमै बस्ने भइन् । गाउँकै लीला आधारभूत विद्यालयमा उनी ३ कक्षामा पढ्थिन् । आइतबार स्कुलबाट आएर खाजा खान पाँच रुपैयाँ लिएर पसल हिँडिन् । मामाघर र पसलको दूरी पाँच मिनेट पनि छैन । बिस्कुट किन्न हिँडेकी नातिनी अबेरसम्म घर नफर्केपछि हजुरआमा विष्णुमाया र मामा कृष्णले यताउता खोजे । आफन्तलाई फोन गरे । हजुरबुवा लीलबहादुर कामबाट फर्किएर बेलुका ९ बजेसम्म खोजे । श्रीया कतै फेला परिनन् ।कान्तिपुर दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ