असोज ९ ,काठमाडौँ / रसुवाको केरुङ्ग नाक भएर काठमाडौँ सुनतस्करी भैरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिषद काठमाडौँले ३ केजी सुन सहित २ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिषदकाठमाडौँले मंगलवार पत्रकार सम्मेलन गरि बरामत सुन तथा पक्राउ परेकालाई सर्वोजनिक गरेको छ ।
प्रहरीले सुन भरियाद्वय रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका – १ घर भएका २४ बर्षिय नरबहादुर घले र २० बर्षिय पेम्बा तामाङलाई सार्वजनिक गरेको हो । 
महानगरीय प्रहरी परिषद काठमाडौँका प्रमुख बसन्त लामाले सुन्तस्करमा ठुलै संजाल हुनसक्ने र चाडैनै आवश्यक अनुसन्धान गरि संलग्नहरुको पहिचान गरिने बताउनु भयो ।
प्रहरीले सोमवार विशेष सुचनाका आधारमा निगरानी गर्ने क्रममा काठमाडौको टोखा तिनपिप्लेमा निलो रङको वा.७३ प. पल्सर बाईकमा सवार उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले खानतलासीको क्रममा प्रति किलो ४ टुक्रालाई गरि १२ टुक्राहरु सुन फेला परेको पत्रकार सम्मेलनमा जानकारी दिए । प्रहरीको अनुसन्धानमा दूबै जना सुन भरिया भएको र एस अगाडी दुइपटक ल्याइसकेको र काठमाडौँ सम्म सुन पास गराए बापत प्रति के जी ५०,००० पाउने गरेको समेत खुलासा गरेको छ ।सुचाँदी ब्यबसाय संघले बरामद सुनको मुल्य १ करोड ५० लाख २० हजार बराबरको रहेको बताएको छ ।