एसिया कप स् सुपर फोरको अन्तिम खेलमा भारत र अफगानिस्तान खेल्दै

एसिया कप स् सुपर फोरको अन्तिम खेलमा भारत र अफगानिस्तान खेल्दै

  • मङ्लबार, अशोज ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं, असोज ९ ।
एसिया कप क्रिकेटको सुपर फोरको आफ्नो अन्तिम खेलमा आज भारत र अफगानिस्तान खेल्दैछन् । नेपाली समय अनुसार अपरान्ह सवा ५ बजे दुवईमा खेल हुने छ ।

भारत र अफगानिस्तान यसभन्दा अगाडी एक पटक मात्रै खेलेका छन् । एसिया कपको समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै श्रीलंका र बंगलादेशलाई पराजित गरेको अफगानिस्तान सुपर फोरको खेलमा भने जित हात पार्न सकेको छैन ।

सुपर फोरमा पाकिस्तान र बंगलादेशसँग पराजित भए पछि अफगानिस्तानको फाइनलमा पुग्ने सम्भावना सकिएको छ ।

भारत यसअघिनै सुपर फोरका दुवै खेलमा विजयी हुँदै फाइनलमा पुगिसकेकाले आजको खेलको नतिजाले फाइनल समिकरणमा कुनै फेरबदल हुने छैन । भारतसँग भोलि हुने पाकिस्तान र बंगलादेशको विजेताले फाइनलमा प्रतिस्पर्धा गर्ने छ ।

भारत र अफगानिस्तान यसअघि सन् २०१४ मा बंगलादेशको ढाकामा खेलेका थिए । जसमा भारत ८ विकेटले विजयी भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ