प्रचण्डले भारतीय सैनिकलाई दिएको जीतगढी किल्ला फिर्ता गराउन संघर्ष उठाउँदै स्थानीय (विज्ञप्तिसहित)

प्रचण्डले भारतीय सैनिकलाई दिएको जीतगढी किल्ला फिर्ता गराउन संघर्ष उठाउँदै स्थानीय (विज्ञप्तिसहित)

पेन्सन क्याम्पमा भारतीय सुरक्षाकर्मी राख्ने तयारी गरेपछि विरोध

  • सोमवार, अशोज ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.4K
    SHARES

८ असोज, बुटवल ।

प्रचण्डले आफू प्रधानमन्त्री रहँदा २०७३ फागुन १७ गते भारतीय सेनाबाट सेवा निवृत्त भएका भूतपूर्व नेपाली भारतीय सैनिकलाई पेन्सन वितरण गर्ने कार्यालय खोल्न दिएको क्षेत्र जितगढी किल्ला जोगाउने अभियान तीव्र बन्दै गएको छ ।

प्रचण्डले दिने निर्णय गरेदेखि नै स्थानीयदेखि केन्द्रीय स्तरमा यसको विरोध भइरहेको छ । विरोधका बाबजुद नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले २०७४ भदौ १९ गते कार्यालय भवन निर्माणको शिलान्यास गरे । अहिले त्यहाँ दुईतले आधुनिक भवन बनाएर कार्यालय चलाइएको छ । कार्यालयको लागि भनेर ३ बिगाहा जमिन दिइएको छ ।

ऐतिहासिक र सुरक्षाको दृष्टिकोणले सामरिक महत्वका क्षेत्रभित्र सामान्य पेन्सन बाँड्ने कार्यालय (पेन्सन क्याम्प) राख्न दिएर राष्ट्रियता विरोधी गतविधि गर्न सरकारले नै छुट दिएको भन्दै सरोकारवाला पक्षहरुले ‘ऐतिहासिक जितगढी किल्ला बचाऊ अभियान’ नै चलाइरहेका छन् ।

सोही अवस्थामाबिच असोज ५ गते बुटवल उपमहानगरपालिकाले सर्वपक्षीय बैठक बोलाएको थियो । बैठकमा विभिन्न दलका प्रतिनिधि, संस्कृतिकर्मी, पत्रकार, कानून व्यवसायी, बुद्धिजीवि, प्राध्यापक, नागरिक समाजका अगुवालगायतले उक्त पेन्सन क्याम्प तत्काल हटाउनुपर्ने धारणा राखे । त्यहीबिचमा प्रेस सेनानी एवं वरिष्ठ अधिवक्ता दिल साहनीले क्याम्प राख्नु राष्ट्रियता र स्वाधिनताको विरुद्ध भएको तर्क गर्दै तुरुन्त हटाउन माग गरेका थिए । साहनी बोलिरहेकै बखत् त्यहाँ उपस्थित भूपू भारतीय सैनिकहरुले माइक खोस्ने र हातपात गरेर दुरव्यवहार गरे । उक्त दुरव्यवहारको अहिले चौतर्फी रुपमा विरोध र आयोजक पक्षको चर्को आलोचना भइरहेको छ ।
बैठकमै अराजक तत्वबाट दुरव्यवहार हुँदा समेत आयोजक बुटवल महानगरपालिका प्रमुख, प्रशासन मौन बसेको भन्दै विभिन्न राजनीतिक दलहरुले विज्ञप्ति नै निकालेर घटनाको निन्दा र भत्सर्ना गरेका छन् ।

सोमबार नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नयँ शक्ति पार्टी नेपालले एक संयुक्त प्रेस विज्ञप्ति जारी गरेर जितगढी किल्लाभित्र खोलिएको भारतीय पेन्सन क्याम्प तत्काल हटाउन माग गरेका छन् । अंग्रेजसँगको लडाईमा नेपालले विजय हासिल गरेको ऐतिहासिक जितगढी किल्लामा भारतीय आधिपत्य जमाउने दुष्प्रयास भइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्ति नेकपाका रुपन्देही सेक्रेटरी अमर, नेकपा (क्रान्तिकारी माओवादी)का सेक्रेटरी मणी र नयाँ शक्तिका संयोजक विमल गिरीद्वार संयुक्त हस्ताक्षरित विज्ञप्तिमा जितगढी किल्ला बचाउने विषयमा असोज ५ गते बुटवल उपमहानगरपालिको राखेको सर्वपक्षीय बैठकमा विचार राखिरहेको अवस्थामा अभियनका अभियन्ता तथा वरिष्ठ अधिवक्ता र प्रेस सेनानी दिल साहनीमाथि भूपू भारतीय सैनिकहरुबाट अमानवीय दुरव्यवहार गरेको घटनाप्रति आपत्ति प्रकट गरिएको छ ।

विचार राख्न सुन्न नचाहने तत्वको हर्कतको पछाडि नियोजित षडयन्त्र लुकेको भन्दै राष्ट्रियताको पक्षमा बोल्ने र लेख्नेमाथि आक्रमण हुँदासमेत आयोजक उपमहानगरपालिका मौन बसेको भन्दै खेद व्यक्त गरिएको छ । साथै आक्रमणकारीलाई कारवाही गर्न र त्यस्ता हर्कत आइन्दा नदोहोर्याउन समेत विज्ञिप्तमा चेतावनी दिइएको छ । सुरक्षाको कारण देखाउँदै भारतीय पक्षले उक्त पेन्सन कायालयमा भारतीय सेना राख्ने तयारी थालेपछि स्थानीय त्यसको विरोधमा एकजुट भएका हुन् ।

‘ऐतिहासिक, पुरातात्विक, पर्यटकीय, सामरिक र वीरताको केन्द्र जितगढी किल्लामा भारतीय आधिपत्य जमाउने उद्देश्यले राख्न खोजिएको भारतीय पेन्सन क्याम्प हटाउनका लागि दबाब सिर्जना गर्न सम्पूर्ण देशभक्त एवं राष्ट्रवादी जनसमुदायमा हार्दिक अपिल गर्दछौं’ संयुक्त रुपमा जारी विज्ञप्तिमा भनिएको छ । पेन्सन कार्यालय राखिएको स्थान बुटवल उपमहानगरपालिकाको वडा नं. २ को जितगढ किल्लाको मणिमुकुन्द सेन दरबार क्षेत्रभित्र पर्दछ ।

अभियन्तामाथिको दुरव्र्यवहार र हातपातपछि अभियानले तीव्र गति लिएको छ । सरकार र स्थानीय तहको चौतर्फी आलोचना भइरहेको छ । विरोधको आवाज बुलुन्द बन्दैछ । विरोधमा सार्वजनिक सभा, कार्यक्रम गर्ने क्रम पनि बढ्दै गइरहेका छन् । क्याम्प हटाएरै छाड्ने सरोकारवालहरुले अटोठ व्यक्त गरेका छन् ।

स्मरण रहोस्, गएको साउन २८ गते राति सोही पेन्सन क्याम्पभित्र कार्यालय भवनको भुई तल्लाको बाथ रुम र ट्वाइलेटमा प्रेसर कुकुर कम विष्फोट घटना भएको थियो । जसको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । त्यसबेलादेखि १३ जनाको प्रहरी फोर्स क्याम्पको सुरक्षाका लागि इलाका प्रहरी कार्यालय बुटवलले खटाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ