बार्सिलोना जिरोनासँग बराबरीमा रोकियो

बार्सिलोना जिरोनासँग बराबरीमा रोकियो

  • सोमवार, अशोज ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

काठमाडौं, असोज ८ ।
स्पेनिस लिग ला लिगा अन्तर्गत साविक विजेता बार्सिलोनाले जिरोनासँग अप्रत्यासित बराबरी खेलेको छ । घरेलु मैदान नाउ क्याम्पमा लियोनल मेसी प्रेरित बार्सिलोनाले जिरोनासँग २–२ गोलको बराबरी खेलेको हो ।

यसै सिजन सेभियाबाट बार्सिलोनामा अनुबन्ध भएका क्लेमेन्ट लेङलेट खेलको ३५औं मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिरिएपछि १० खेलाडीमा समेटिएको बार्सिलोनाले त्यसपछि जिरोनाविरुद्ध संघर्ष गर्नुपरेको थियो ।

यसअघि खेलको १९ औं मिनेटमा एलेक्स भिडालको पासमा लियोनल मेसीले गोल गरेका थिए ।तर, बार्सिलोना १० खेलाडीमा समेटिएपछि बार्सिलोनाले २ गोल खायो ।

४५औं र ५१औं मिनेटमा क्रिष्टियन स्टुआनीले गोल गरी जिरोनालाई अग्रता दिलाए । तर, ६३औं मिनेटमा जेरार्ड पिके गोल गरी बार्सिलोनालाई सिजनको पहिलो हारबाट जोगाए ।

लिगमा पाँच खेलको समाप्तिमा बार्सिलोनाको १३ अंक छ । रियल मड्रिडको पनि समान १३ अंक नै भए पनि गोलअन्तरका आधारमा पछि छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ