एसिया कप क्रिकेटमा भारत फाइनलमा प्रवेश

एसिया कप क्रिकेटमा भारत फाइनलमा प्रवेश

  • सोमवार, अशोज ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाडौं, असोज ८ ।
एसिया कप क्रिकेटमा भारत फाइनलमा प्रवेश गरेको छ । गएराती भएको सुपर फोरको खेलमा पाकिस्तानलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै भारतले फाइनलको यात्रा तय गरेको हो । भारत पाकिस्तानमाथि ९ विकेटको जित दर्ता गर्दै ४ अंक सहित शीर्ष स्थानमा छ ।

पहिलो खेलमा भारतले बंगलादेशलाई पराजित गरेको थियो । युएईको दुबईमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धा्तिर ओभरमा ७ विकेट गुमाएर २३७ रन बनाएको थियो । २३८ रनको लक्ष्य भारतले ३९.३ ओभरमा मात्र एक विकेट गुमाएर भेटाएको थियो ।

भारतलाई जिताउन शिखर धवन र कप्तान रोहित शर्माले २१० रनको ओपनिङ साझेदारी गरेका थिए । शिखरले ११४ रन बनाउँदा कप्तान रोहित १११ रनमा नट आउट रहे । यसैगरी अम्वाती रायडु १८ रनमा नट आउट रहे ।

शिखर धवनको करियरको २६औं तथा एसिया कपको दोस्रो शतक हो । यसैगरी रोहितले १९ औं तथा एसिया कपमा पहिलो शतक बनाएका छन् ।

सुरुमै जिवन दान पाएका रोहितले त्यसको पुरै फाइदा उठाउँदै एकदिवसीय क्रिकेटमा ७ हजार रन पनि पूरा गरेका छन् । एसिया कपको अन्तिम सुपर फोरको खेल मंगलबार हुने छ । त्यसमा भारतले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ