रौतहट, असोज ८ ।
एसिड आक्रमणमा परेकी रौतहट चन्द्रनिगाहपुर ६ की १८ वर्षीय सम्झना दासको उपचारको क्रममा निधन भएको छ । सम्झनाको गएराति ११ बजेतिर निधन भएको कीर्तिपुर अस्पताल प्रशासनले जनाएको छ ।
तीजको दरखाने राति सम्झना र उनकी बहिनीलाई रौतहटमा रहेको आफ्नै घरमा सुतिरहेका बेला एसिड प्रहार भएको थियो । एसिड प्रहार गरेको आरोपमा प्रहरीले रामबाबु पासवानलाई पक्राउ गरेको छ ।
बहिनी सुस्मिताको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । सुस्मिताको स्वास्थ्य सुधार भइरहेकाले डिस्चार्जको तयारी भएको पनि अस्पताल प्रशासनले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline