नेकपाका प्रवक्ता प्रकाण्ड पाँचौंपटक सर्वोच्चमा उपस्थित, योपटक छुट्ने संभावना

नेकपाका प्रवक्ता प्रकाण्ड पाँचौंपटक सर्वोच्चमा उपस्थित, योपटक छुट्ने संभावना

  • आइतवार, अशोज ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 22.1K
    SHARES

७ असोज, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथिको बहसमा उपस्थितिका लागि आइतबार सर्वोच्च अदालतमा ल्याइपुर्याइएको छ ।

साउन २२ गते काठमाडौंको टौदहनजिक चाल्नाखेलबाट गिरफ्रतार भएका प्रकाण्डलाई यो पाँचौंपटक बन्दी प्रत्यक्षीकरण रिटको बहसमा उपस्थित गराउन यहाँ ल्याइएको हो । उनलाई बम विष्फोटको अभियोगमा उदयपुर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

बहसका लागि आज बिहान विराटनगर विमानस्थलबाट आन्तरिक उडानमार्फत केहीबेर अघिमा सर्वोच्च ल्याइपुर्याएको हो । दाजु प्रकाण्डलाई झुठा आरोपमा सरकारले गैरकानूनी थुनामा राखेको भन्दै रिहाईको मागसहित गत हप्ता भाई विरेन्द्र विश्वकर्माले उक्त रिट निवेदन दायर गरेका थिए । दाजु प्रकाण्डलाई सर्वोच्चमा ल्याइसकिएको जानकारी रिट निवेदक वीरेन्द्रले दिए ।

नेकपाका स्थायी समिति समेत रहेका प्रवक्ता प्रकाण्ड यसअघिका दायर चार वटा रिटमा रिहा हुँदै आएकोमा रिहालगत्तै उनलाई अदालत परिसरबाटै पुनः गिरफ्तार गर्दै विभिन्न जिल्लाहरुमा अभियोग लगाउँदै र घुमाउने काम गर्दै आइरहेको थियो । काभ्रे, काभ्रेपलाञ्चोक, नुवाकोट, दाङलगायत जिल्लामा लगाइएको आरोप सर्वोच्चद्वारा अप्रमाणित ठहरसहित रिहा गर्न आदेश हुँदै आएको थियो ।

आजै पेशी चढाएर बहस र सुनुवाई सक्ने तयारी भइरहेको समेत जनाइएको छ । आज भने प्रकाण्ड छुट्ने सम्भावना रहेको स्रोतले बतायो । आदेशको अपहेलना गरेर सरकारको ठाडो निर्देशनमा अदालतपरिसरबाटै गैरकानूनी तरिकाले गिरफ्तार श्रृंखला मच्चाएको भन्दै सर्वोच्चले समेत सरकार र गिरफ्तारमा संलग्न सुरक्षा अधिकारीहरुलाई गैरकानूनी कार्य नगर्न आदेश दिँदै आएको छ भने सर्वत्र रुपमा पनि सरकारको चर्को आलोचना हुँदै आएको छ ।

नेकपाका पोलिटब्यूरो सदस्य (पीबीएम) उमा भुजेल ‘शिलु’ र केन्द्रीय सदस्य टेकबहादुर केसी ‘आजाद’को रिहाईको लागि दायर बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि पनि आजै बहस हुँदैछ ।

त्यस्तै दाङ प्रहरीले ‘बम विष्फोट र कर्तव्य ज्यान’को अभियोगमा बन्दी बनाई राखिएका नेकपाकै पोलिटब्यूरो सदस्य (पीबीएम) मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्णप्रसाद धमला ‘गम्भीर’लाई हिजो मात्र सर्वोच्चको आदेशमा रिहा भएलगत्तै प्रहरीले परिसरबाटै पुनः गिरफ्तार गरेर हिरासतमा राखेको छ ।

हरेकपटकको रिहाई आदेशलगत्तै पुनः गिरफ्तार गर्दै आइरेको अवस्थामा योपटकको भने छुट्ने संभावना रहेको स्रोतले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ