इङ्लिस प्रिमियर लिग फुटबलमा आज राति दुई खेल हुदै

इङ्लिस प्रिमियर लिग फुटबलमा आज राति दुई खेल हुदै

  • आइतवार, अशोज ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

काठमाडौं, असोज ७ ।
इङ्लिस प्रिमियर लिग फुटबलमा आज राति दुई खेल हुदै छन् । आज चेल्सीले वेष्ट ह्याम युनाईटेडसँग खेल्दा आर्सनलले एभर्टनसँग प्रतिस्प्र्धा गर्नेछ ।

यस्तै गएराति भएको खेलमा साउथ ह्याम्पटनलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा फर्किएको छ । आफ्नै मैदानमा भएको खेलमा लिभरपुलले साउथ ह्याम्पटनलाई ३–० ले हरायो ।

खेलमा लिभरपुललाई विजयी गराउन जोएल माटिप र मोहोमद सालाहले एक–एक गोल गर्दा साउथ ह्याम्पटनका वेस्ले होएटले एक आत्माघाती गोल गरेका थिए ।

प्रिमियर लिग फुटबलकै अर्को खेलमा म्यान्चेस्टर सिटीले कार्डिफ सिटीलाई ५–० ले हरायो । म्यान सिटीका लागि रियाद माहारेजले दुई गोल गर्दा सर्जियो अगुएरो, बर्नार्डो सिल्भा र ईके गुन्डोगानले एक–एक गोल गरे ।

गएराति नै भएको अर्को खेलमा टोटनह्याम हट्सपरले ब्राईटनलाई २–१ ले हराउँदा म्यान्चेस्टर युनाईटेडलाई वुल्भरह्याम्पटन वान्डरर्सले १–१ गोलको बराबरीमा रोकेको छ ।

यसैगरी लेष्टर सिटीले हडर्स्फिल्ड टाउनलाई ३–१ ले हराउँदा बर्नलेले बर्नमाउथमाथि ४–० को प्रभावशाली जित दर्ता ग¥यो । गएराति क्रिष्टल प्यालेस र न्यूकासलले गोलरहीत बराबरी खेल्दा फुल्हम र वाट्फोर्डले १–१ गोलको बराबरीमा चित्त बुझाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ