६ असोज, काठमाडौं ।
राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे)को नयाँ नेतृत्व चयन भएको छ । शनिबार राजधानीमा सम्पन्न २२ औं वार्षिकोत्सवको अवसरमा सम्पन्न विशेष साधारण सभाले राजेन्द्र चित्रकारलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
सभामा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले एनएफपिजे नेपालमा फोटोग्राफीलाई फोटो पत्रकारको रुपमा स्थापितत गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे । अध्यक्ष आचार्यले महासंघ एनएफपिजेसँग सदैव सहकार्य र सहयोग गरेर अगाडि बढ्न तयार रहेको बताए ।
कार्यक्रममा पूर्वअध्यक्षहरु विकास रौनियार, कविन्द्रमान शाक्य र राजभाई सुवाल उपस्थित थिए । सभा बैठक जेष्ठ सदस्य चित्रकारको अध्यक्षतामा बसेको थियो ।
नयाँ कार्यसमितिको अन्य पदमा कृष्ण खड्का उपाध्यक्ष, प्रदिपराज वन्त महासचिव, नवराज श्रेष्ठ सचिव, लेखबहादुर श्रेष्ठ कोषाध्यक्ष, चन्द्रकला क्षेत्री सह–कोषाध्यक्षमा निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा नवराज वाग्ले, तेजबहादुर बस्नेत, शोभा महर्जन, आर्यन धिमाल, गगन अर्याल, शुसिल श्रेष्ठ, मुकुन्द कालिकोटे, प्रदिप श्रेष्ठ र राजेन्द्र थापालाई निर्वाचित गरिएको छ ।
तस्बीरः प्रदिपराज वन्त
