काठमाडौं, असोज ५ ।
सरकारले सवारी साधनहरुमा पेट्रोल खपतको कोटा तोकिदिएको छ । सवारी चालकहरुको विरोधका कारण पेट्रोलियम पदार्थको नियमित आपूर्तिमा असहज भएको भन्दै सरकारले मोटरसाइकल तथा स्कुटरलाई ५ लिटरसम्म पेट्रोल उपलब्ध गराउने भएको छ ।
त्यस्तै साना सवारी साधन कार, भ्यान आदीलाई १५ लिटरसम्म पेट्रोल उपलब्ध गराइने नेपाल आयल निगमले जनाएको छ । डिजेलबाट सञ्चालन हुने छोटो दूरीका सवारीसाधनलाई बढीमा ५० लिटर र लामो दूरीलाई बढीमा १०० लिटर इन्धन उपलब्ध गराइने निगमले जनाएको छ ।
निगमले एम्बुलेन्स, स्कुल बस तथा सरकारी सवारीलाई उच्च प्राथमिकतामा राखेर इन्धन वितरण गर्न सूचना जारी गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline