ग्रामीण सशक्तीकरण समाजद्धारा विद्यालयलाई १० कम्प्युटर हस्तान्तरण

ग्रामीण सशक्तीकरण समाजद्धारा विद्यालयलाई १० कम्प्युटर हस्तान्तरण

  • शुक्रबार, अशोज ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

काभ्रे, असोज ५ ।
ग्रामीण सशक्तीकरण समाजले विहिबार एउटा विद्यालयलाई १० कम्प्युटर हस्तान्तरण गरेको छ ।

सशक्तीकरण समाजले काभ्रेको तेमाल गाउँपालिकामा रहेको महाङ्काल आधारभुत बिद्यालयलाई १० थान कम्प्युटर हस्तान्तरण गरेको हो ।

विज्ञान तथा प्रवृधिको समयमा विद्यार्थीहरुलाई विद्यालयकाल मै कम्प्युटरको ज्ञान लिनु आवश्यक रहेकाले कम्प्युटर हस्तान्तरण गरिएको समाजका अध्यक्ष मनोज पन्तले बताउनु भयो ।

कम्प्युटर हस्तान्तरण गर्दै कार्यक्रमका प्रमुख अतिथि तेमाल गाउँपालिका ६ का वडा अध्यक्ष बिकुलाल तामाङले समाजको सहयोगले गर्दा आफूहरुलाई सहज भएकोले आगमी दिनमा पनि सहयागको अपेक्षा गर्ने भयो ।

यस्तै कम्प्युटर ग्रहण गर्दै विद्यालयका प्रधानाध्यापक सुमन राना मगरले आफूहरुले १० वटा कम्प्युटर पाउनु ठूलो उपलब्धि भएको भन्दै सहयोगको आगि आभार व्यक्त गर्ने भयो ।

विद्यालयले कम्प्युटर पाएर आफूहरुले पनि कम्प्युटर शिक्षा लिन पाएकोमा विद्यार्थीहरु पनि उत्साहित भएका छन् । साथै उनीहरुले खुसी व्यक्त गर्दै समाज प्रति आभार प्रकट गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी