यातायात मजदुरको आन्दोलन चौथो दिन पनि जारी: देशैभर पेट्रोलियम पर्दाथको अभाव, जनतालाई सास्ती

यातायात मजदुरको आन्दोलन चौथो दिन पनि जारी: देशैभर पेट्रोलियम पर्दाथको अभाव, जनतालाई सास्ती

  • शुक्रबार, अशोज ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं, असोज ५ । सार्वजनिक यातायात मजदुरहरुले आह्वान गरेको यातायात बन्दका कारण आज चौथो दिन पनि देशका विभिन्न जिल्लाहरुमा यातायात सञ्चालन हुन सकेका छैनन् ।

मुलुककी फौजदारी संहिता २०७४ का केही बुँदाहरुमा आपत्ति जनाउँदै मजदुरले गाडी नचलाउँदा राजधानी काठमाडौं लगायत देशभरी नै यातायातको समस्या भइरहेको छ । टयाङ्कर चालकहरुले गाडी नचलाउँदा देशैभर पेट्रोलियम पर्दाथको अभाव देखिएको छ ।

चाडबाडको मुखमा गाडी बन्द गरिँदा यात्रुहरु मर्कामा परेका छन् । अत्यावश्यक सवारी साधनमा हड्ताल भइरहँदा पनि सरकारले यातायात सञ्चालनको कुनै पहल गरेको छैन ।

कानूनले अत्यावश्यक सवारी साधनमा हड्ताल गर्न नपाइने कडा कानूनी व्यवस्था राखेको छ । तर सरकार रमितेमात्र बनेको छ । नयाँ मुलुकी फौजदारी संहितामा सजायको कतिपय व्यवस्थामा विरोध गर्दै यातायात मजदुरहरु हड्तालमा छन् । तर, यो आन्दोलनको जिम्मेवारी औपचारिकरुपमा कसैले पनि लिएको छैन ।

कास्कीको पोखरामा कालो नम्बर प्लेटका बसहरू यातायात मजदुरहरूले चल्न दिएका छैनन् । गाडी नपाउँदा यात्रुहरु बसपार्कमा अलपत्र परेका छन् । हरियो नम्बर प्लेटका पर्यटक बसहरु भने चलिरहेका छन् ।

दाङमा यायातात समितिको टिकट काउन्टर खुले पनि यातायात व्यवसायीले चलानी काटेका छैनन् । अधिकांशले आफ्ना गाडीहरु घरमा र ग्यारेजमा थन्क्याएका छन् । गन्तव्यमा जान चाहने यात्रुहरु बसपार्क क्षेत्रमा अलपत्र परेका छन् ।

कैलालीबाट पनि लामो तथा छोटा दूरीका सवारी साधन चलेका छैनन् । प्रदेश–२ मा त सार्वजनिक र नीजि दुबै सबारी साधन ठप्प बनेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ