एएफसी यु–१६ महिला फुटबलमा आज नेपालले म्यानमारसँग खेल्ने

एएफसी यु–१६ महिला फुटबलमा आज नेपालले म्यानमारसँग खेल्ने

  • शुक्रबार, अशोज ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं, असोज ५ । काठमाडौंमा जारी एएफसी यु–१६ महिला फुटबल च्याम्पियनसिप छनौटको दोस्रो खेलमा आज नेपालले म्यानमारसँग खेल्नेछ ।

समूह ‘ई’ को अर्को खेलमा आजै फिलिपिन्स र मलेसिया भिड्नेछन् ।

समूहको पहिलो खेलमा फिलिपिन्ससँग ४–० ले हारेको नेपाल आज दबाबमा छ । समूह चरण पार गर्न नेपालको लागि आजको खेल जित्नैपर्ने बाध्यता छ । छनौट समूहको अन्तिम खेलमा नेपालले आईतबार मलेसियासँग खेल्दा सोही दिन फिलिपिन्स र म्यानमार भिड्नेछन् ।

समूह ‘इ’ को छनोटमा आयोजक नेपालसहित मलेसिया, म्यानमार र फिलिपिन्स छन् । हरेक समूहका शीर्ष दुई टोली अर्को वर्ष थाइल्यान्डमा आयोजना हुने एएफसी यु–१६ फुटबल प्रतियोगिताका लागि छनौट हुनेछन् ।

प्रतियोगिताको फाईनल चरणका लागि उत्तर कोरिया, दक्षिण कोरिया र जापानले स्थान बनाइसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ