खेलकूद क्षेत्रले देशलाई चिनाएको छ ः खेलकुद मन्त्री

खेलकूद क्षेत्रले देशलाई चिनाएको छ ः खेलकुद मन्त्री

  • बिहिबार, अशोज ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

कास्की, असोज ४ ।
सङ्घीय सरकारका युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकूद क्षेत्रले देशलाई चिनाएको बताएका छन् ।

पोखरा महानगरपालिका–२५ मेलबोटदेखि खानेपानी मुहान लुम्रे सिदिङसम्मको कालोपत्रे सडक शिलान्यास कार्यक्रममा आज मन्त्री विश्वकर्माले रसियामा सम्पन्न विश्वकप फुटबलमा उपविजेता भएपछि मात्र क्रोएसिया विश्वमा परिचित भएको उदाहरण दिँदै देशलाई चिनाउने सामर्थ खेलक्षेत्रमा रहेको विचार राखेका हुन् ।

मन्त्री विश्वकर्माले सुखी नेपाली समृद्ध नेपालको नारा साकार पार्न सरकारले गाउँमा बस्ने जनतालाई विकासको अभियान लिएर आएको बताए ।

रु २६ करोड एक लाख लागतमा १५ दशमलव ९ किमी सो सडक १६ महीनाभित्रमा कालोपत्रे गरी सक्ने योजना रहेको जिल्ला प्राविधिक कार्यालय कास्कीका इञ्जिनीयर आनन्द पौडेलले जानकारी दिए ।

उनका अनुसार नालासहित सडक ६ दशमलव ५ मिटर फराकिलो हुनेछ । सो सडकले माछापुच्छ«े गाउँपालिकालाई प्रदेश राजधानी पोखरासँग जोड्ने काम गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ