फिफा वरियतामा पहिलो पटक दुई राष्ट्र संयुक्त रुपमा शीर्ष स्थानमा

फिफा वरियतामा पहिलो पटक दुई राष्ट्र संयुक्त रुपमा शीर्ष स्थानमा

  • बिहिबार, अशोज ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

काठमाडौं, असोज ४ ।
फिफा वरियतामा पहिलो पटक दुई राष्ट्र संयुक्त रुपमा शीर्ष स्थानमा रहेका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सेप्टेम्वर महिनाको लागि जारी गरेको वरियतामा बेल्जियम र फ्रान्स संयुक्त रुपमा पहिलो स्थानमा छन् ।

दुवैको कूल अंक समान १७२९ रहेको छ । अघिल्लो महिना बेल्जियम दोस्रो स्थानमा थियो। तर वरियताको २५ वर्षे इतिहासमा दुवै टिमले पहिलो स्थान सेयर गरेको यो पहिलो पटक भएको फिफाले जनाएको छ। शीर्ष दशमा कुनै परिवर्तन भएको छैन।

दक्षिण एसियामा भारत सबैभन्दा अगाडी रहँदा नेपालले भने एक स्थान सुधार गरेको छ । साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको नेपाल नयाँ वरियतामा १६०औँ स्थानमा छ। नेपाल र बेलिको समान १००४ अंक छ र दुवै संयुक्त रुपमा १६०औँ स्थानमा छन् ।

यस्तै एक स्थान तल झरेपनि भारत दक्षिण एसियामा सबैभन्दा अगाडी ९७औँ स्थानमा छ। साफ च्याम्पियन्सिप जितेको माल्दिभ्स पनि एक स्थान (१५१) तल झरेको छ । यस्तै भुटान १८८औँ, बंगलादेश १९३औँ, श्रीलंका १९८औँ र पाकिस्तान १९९औँ स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ