मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, दुईजना घाइते

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • बिहिबार, अशोज ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

रुपन्देही, असोज ४ । रुपन्देहीको सैनामैना नगरपालिका–३ मुर्गियामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल पछाडी सवार रुपन्देही ४ का १९ बर्षीय विशाल बुढाथोकी छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २१ बर्षीय दिनेश आले र १९ बर्षीय कपिल श्रेष्ठको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

दुवैको अवस्था सामान्य रहेको अस्पताल श्रोतले जनाएको छ ।

हिजो बेलुकी पौने ९ बजे खप्परखोलाबाट मुर्गिया बजारतर्फ आउँदै गरेको लु३१प ६५१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ