नेकपा रोल्पाका सेक्रेटरी गिरफ्तार, तुरुन्त रिहा नगरे कडा संघर्षको चेतावनी

नेकपा रोल्पाका सेक्रेटरी गिरफ्तार, तुरुन्त रिहा नगरे कडा संघर्षको चेतावनी

  • बुधबार, अशोज ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

३ असोज, रोल्पा ।

नेपाल कम्युनिस्ट पार्टीका रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’ लाई प्रहरीले गिरफ्तार गरेको छ ।

शान्तिपूर्ण राजनीतिक अभियानमा रहेका उनलाई रोल्पाको भनभनेबाट सोमबार गिरफ्तार गरिएको हो । जनसभा चलिरहेको बेला कार्यक्रमस्थलबाट गिरफ्तार गरेको नेकपा रोल्पाले जनाएको छ ।

नेकपाले भदौ १ बाट संगठन विस्तार तथा सुदृढीकरण अभियान देशैभर चलाइरहेको छ । नेकपाको राप्ती ब्युरोका अनुसार सेक्रेटरी प्रयासलाई शान्तिपूर्ण राजनीतिक कार्यक्रम गरिरहेकै अवस्थामा बल प्रयोग गरी गिरफ्तार गरेको हो ।

गिरफ्तारको विरोधमा नेकपाका राप्ती ब्युरो इन्चार्ज सुवासले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारले शान्तिपूर्ण राजनीतिक कार्यक्रममाथि दमन र हस्तक्षेप गरी फासीवादी हर्कत देखाएको बताएका छन् । गिरफ्तारको घोरभत्सर्ना गरेका छन् । नेता प्रयासलाई अपहरण शैलीमा राज्यले गिरफ्तार अवस्था अज्ञात बनाएको र यातना दिइएको ब्यूरोले जनाएको छ ।

सेक्रेटरी प्रयासलाई बिनासर्त अविलम्ब रिहा गर्न र खुला शान्तिपूर्ण राजनीतिकमाथि हस्तक्ष्ेप बन्द गर्द सरकारसँग माग गरेको छ । गिरफ्तार नेता कार्यकर्तामाथिको यातना र अज्ञात अवस्थबारे अनुगमन तथा आवाज उठाउन मानवअधिकारवादी, संचारकर्मी तथा नागरिक समाजसँग आग्रह गरिएको छ ।

तुरुन्त रिहा नगरी झुठा मुद्दा लगाउने कोशिस गरिए कडा संघर्षमा उत्रने ब्यूरोले जनाएको छ । पछिल्लो समाय नेकपाका नेता कार्यकर्तामाथि सरकारले व्यापक दमन र गिरफ्तारी बढाएको छ । जसको चौतर्फी विरोध भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ