एसिया कप क्रिकेटमा भारत २६ रनले विजयी

एसिया कप क्रिकेटमा भारत २६ रनले विजयी

  • बुधबार, अशोज ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, असोज ३ ।
एसिया कप क्रिकेटमा भारत २६ रनले विजयी भएको छ । पहिला ब्याटिङ गर्दै ७ विकेटको नोक्सानीमा भारतले २८५ रन बनाएको थियो । भारतका लागि शिखर धवनले सतकीय पारि सहित १२७ रन बनाएका थिए ।

२८६रनको लक्ष्य पछ्याएको हङकङ निर्धा्रित ओभरमा ८ बिकेट गुमाएर २५९ रनमा रोकिएको थियो । भारतलाई सफलता दिलाउन खलील अहमदल तथा युजबेन्द्र चहलले तीन तीन विकेट लिएका थिए ।

२८६ रनको लक्ष्य पछ्याएको हङकङको शुरुआत भने सानदार रह्यो । ओपनर ब्याट्सम्यान अंशुमान रथ र निजाकत खानले पहिलो विकेटका लागि १७४ रनको साझेदासरी गरे पछि भारतलाई टाउको दुखाई भएको थियो ।

हङकङका कप्तान रथ ७३ रन बनाएर पहिलो विकेटका रुपमा आउट भएका थिए । त्यसपछि अर्को ओभरमा निजाकत खान पनि व्यक्तिगत ९२ रन बनाएर आउट भएका थिए ।

पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको हङकङ भारतसँग पनि पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ