च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले विजयी

च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले विजयी

  • बुधबार, अशोज ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

काठमाडौं, असोज ३ ।
च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना विजयी भएको छ । बार्सिलानोका स्टार खेलाडी लियोनल मेसीको ह्याट्रिकको मद्दतले पीएसभी ४–० गोल अन्तरले पराजित भएको हो । मेसीले गएरातिको खेलमा करियरकै ४८ औं ह्याट्रिक गर्दा अर्को एक गोल डेम्बेलेले गरेका थिए ।

पहिलो हाफको ३१ आंै मिनेटमा फ्रीकिकमार्फत मेसीले बार्सिलोनालाई अग्रता दिलाएका थिए । ७४ औं मिनेटमा डेम्बेलेले गोल गर्र्दै बार्सालाई २–० को अवस्थामा पुुर्याएका थिए ।

इभान राकिटिकको पासमा ७७ औ मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गरेका थिए । बार्साका स्यामुयल उम्टी दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिए पछि १० खेलाडीमा सिमित भए पनि कप्तान मेसीले ह्याट्रिक पूरा गर्न कुनै कसर बाँकी राखेनन् ।

मेसीले ८७ औं मिनेटमा लुइस स्वारेजको पासमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । समूह बी कै अर्को खेलमा इन्टर मिलानले टोटेनहमलाई २–१ ले हराएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ