सर्लाही, असोज ३ ।
पानी छोएको निहुँमा दलित युवालाई कुटपिट गर्ने वडाध्यक्षमाथि कारबाहीको माग गर्दै संयुक्त दलित संघर्ष समितिले सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । सर्लाहीको विष्णु गाउँपालिका–२ का वडाध्यक्ष सञ्जय साहमाथि कारबाहीको माग गर्दै मंगलबार संघर्ष समितिले प्रजिअ द्रोण पोखरलेलाई ज्ञापनपत्र बुझाएको हो ।
प्रहरी प्रशासनको बेवास्ता
घटनाको विषयमा आफूले भोलिपल्टै प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल र एसपी कोषराज पोखरेललाई जानकारी गराए पनि प्रहरी प्रशासनले वडाध्यक्ष साहमाथि कुनै कारबाही नगरेपछि बाध्य भएर दलित संघर्ष समितिलाई गुहार्नुपरेको रामको भनाइ छ । अछूत भन्दै दुर्व्यवहार गर्ने वडाध्यक्षलाई प्रहरी प्रशासनले कारबाही गर्नेतर्फ कुनै चासो नदेखाएपछि पीडित रामले दलित संघर्ष समिति र नेकपाका नेतालाई गुहारेका छन् । दलित संघर्ष समितिका पदाधिकारीसँगै नेकपाका केन्द्रीय सदस्यद्वय अच्युतम काफ्ले र डाचाराज वाग्ले, नेता कमल बुढाथोकीसहितका नेता जिल्ला प्रशासन कार्यालयमा गएपछि मात्र प्रजिअ पोखरेलले ज्ञापनपत्र बुझेका हुन् ।
प्रजिअ पोखरेलले दोषीलाई कानुनअनुसार कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेको संयोजक पासवानले बताए । ‘सार्वजनिक स्थलमा छुवाछूतको व्यवहार गर्दै दलित युवालाई कुटपिट गर्ने वडाध्यक्ष साहलाई कानुनअनुसार कारबाही नभए कडा संघर्षमा उत्रन बाध्य हुनेछौँ,’ उनले भने । नयाँ पत्रिकाबाट