अनलाइन सेयर कारोबारमा अभ्यस्त बनाउन आज देखि मोक ट्रेडिङ्ग सुरु हुने

अनलाइन सेयर कारोबारमा अभ्यस्त बनाउन आज देखि मोक ट्रेडिङ्ग सुरु हुने

  • मङ्लबार, अशोज २, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

काठमाडौं, असोज २ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अनलाईन सेयर कारोबार प्रणालीका लागि लगानीकर्तालाई अभ्यस्त बनाउन आज देखि मोक ट्रेडिङ्ग सुरु गर्ने भएको छ ।

यसअघि सीमित लगानीकर्ता तथा सेयर दलाललाई मोक ट्रेडिङ्ग गराएको नेप्सेले आजदेखि आम लगानीकर्ता मोक ट्रेडिङ्गमा सहभागि हुन सक्ने जनाएको हो ।

लगानीकर्ता अहिले भने मोक ट्रेडिङ्गमा कम्युटरबाट मात्र सहभागि हुन सक्ने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिनुभयो ।

मोक ट्रेडिङ्गमा लगानीकर्ताले आफैँ सेयर खरिद विक्रिको लागि आदेश दिन सक्नेछन् । नेप्सेले सोमबार पत्रकार सम्मेलन गरि मोक ट्रडिङ्गको यूजर म्यानुअलसमेत सार्वजनिक गरेको छ ।

यो ट्रेडिङ्ग अभ्यासको लागि मात्र भएकोले यसमा कारोबारको राफसाफ भने नहुने तर रियल टाइम मार्केट डेप्थ हेर्न सकिने सुबिधा रहने साउदले बताउनुभये । लगानीकर्ताले आफूले दिएको अर्डर र कारोबार हेर्न सक्नेछन् भने अर्डर रद्ध वा परिवर्तन गर्नसक्ने फिचर पनि हुनेछ ।

मोक ट्रेडिङ्ग वास्तविक कारोबार नभए पनि यो अनलाईन कारोबारको लागि अभ्यस्त बनाउन लागू गरिएको नेप्सेले जनाएको छ । पूर्ण अनलाईनबाट सेयर कारोबार भने २ महिनापछि मात्र सञ्चालनमा आउने नेप्सेले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ