काठमाडौं, असोज २ ।
भारतको लखनउमा जारी यू १९ एकदिवसीय क्रिकेटमा नेपाल र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै छ । भारतका दुई तथा नेपाल र अफगानिस्तानसहित ४ टिम सहभागि प्रतियोगितामा नेपाल र अफगानिस्तान तेस्रो स्थानका लागि आज प्रतिस्पर्धा गर्न लागेका हुन् ।
उपाधिका लागि भारतका ए र बी टिम आमने सामने हुनेछन् । नेपाल भारतका दुवै टिमसँग पराजित भएको थियो भने अफगानिस्तान भारतका दुबै टिम र नेपालसँग पनि पराजित भएको थियो ।
लिगको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको नेपालले आजको खेलमा अफगानिस्तानलाई फेरि पराजित गर्न सके तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्याउने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline