काठमाडौं, असोज २ ।
एसिया कप क्रिकेटमा आज हङकङ र भारत भिड्दैछन् । दुबई अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार साँझ सवा ५ बजे पछि सुरु हुने छ ।
आजको खेलमा भारत विजयी भए एक खेल अगावै सेमिफाइनलमा प्रवेश गर्ने छ । तर भारतलाई पराजित गर्न सकेमा हङकङको पनि सेमिफाइनल पुग्ने सम्भावना कायमै रहनेछ ।
हङकङ पहिलो खेलमा पाकिस्तानसँग ८ विकेटको पराजित भएकाले जित्नै पर्ने दबाब छ ।भारत र हङकङबीच सन् २००८ मा एसिया कपमा प्रतिस्पर्धा भएको थियो । जसमा भारत २५६ रनले विजयी भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline