प्रिमियर लिगमा साउथ ह्याम्पटन र ब्राइटन बराबरीमा रोकिए

प्रिमियर लिगमा साउथ ह्याम्पटन र ब्राइटन बराबरीमा रोकिए

  • मङ्लबार, अशोज २, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं, असोज २ ।
इंग्लिस प्रिमियर लिग फुटबलमा साउथ ह्याम्पटन र ब्राइटन २–२ गोलको बराबरीमा रोकिएका छन् । गएराति भएको खेलमा २–० ले पछि परेको अवस्थमा ब्राइटन खेलमा फर्किएको हो ।

३५औं मिनेटमा पेरेइमिल होगबर्गले गोल गर्दै साउथह्याम्पटनलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलले अग्रता बनाएको साउथ ह्याम्पटनले ६५औं मिनेटमा डेनी इंग्सिले पेनाल्टी मार्फत गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

तर २–० ले पछि परेको ब्राइटनले २ मिनेट पछिनै १ गोल फर्काएको थियो । ६७ औं मिनेटमा ब्राइटनका लागि साने डफिले गोल गर्दै खेलमा फर्काएका थिए । त्यसपछि दोस्रो हाफको अतिरिक्त समयमा ब्राइटनले पेनाल्टी मार्फत बराबरी गोल गरेको थियो ।

ग्लेन मुर्रेले पेनाल्टी माफर्तत गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए । प्रिमियर लिगमा साउथ ह्याम्पटन १३ औं तथा ब्राइटन १५औं स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ