नवलपरासीमा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु

नवलपरासीमा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु

  • मङ्लबार, अशोज २, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

नवलपरासी, असोज २ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा गएराति सवारी दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ ।

गैँडाकोट–२ भृकुटी चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १८ प १२४६ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको ना ४१ प २६७५ नम्बरको स्कुटर एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी ना ४१ प २६७५ नम्बरको स्कुटर चालक चितवन गुञ्जनगर–४ का २६ वर्षीया अनिसा रानामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते रानाको उपचारको क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ