डा पथिकको नेतृत्वमा ए.पि.सी नेपालको ७ सदस्यीय नयाँ कार्यसमिति चयन

डा पथिकको नेतृत्वमा ए.पि.सी नेपालको ७ सदस्यीय नयाँ कार्यसमिति चयन

  • सोमवार, अशोज १, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौं, असोज १ ।
ए.पि.सि.नेपालको १२ औ साधरण सभाले डा. मुकुन्द पथिक वाग्लेको नेतृत्वमा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । ए.पि.सि.नेपालको १२ औं साधारण सभाबाट पथिक दोश्रो कार्यकालका लागि सर्वसम्मत रुपमा चयन हुनु भएको हो ।

साधरण सभाबाट सचिवमा अमृत रत्न मानन्धर, कोषाध्यक्षमा अनिता रन्जितकार, सदस्यहरुमा खडक राज पन्त, शान्ती तामाङ, सविता शर्मा निर्वाचित हुनु भएको हो । ए.पि.सी नेपापलले विगत १२ वर्ष देखि सडक बालबालिकाको संरक्षणको क्षेत्रमा काम गर्दै आएको छ ।

सोही साधरण सभाको उद्घाटन गर्दै समाज कल्याण परिषद्का कोषाध्यक्ष एंव कार्यक्रमका प्रमुख अतिथि वीर बहादुर ठगुन्नाले लामो समयदेखि ए.पि.सि.नेपालले सडक बालबालिकालाई संरक्षण गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँले ए.पि.सि.नेपालले गर्दै आइरहेको कार्यक्रम प्रशंसनीय रहेको बताउनुभयो । सोही कार्यक्रममा बोल्दै महिला, बालबालिकातथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव सुनिता नेपालले लामो समयदेखि ए.पि.सि.नेपालले चुनौतीपूर्ण कार्यक्रमहरु सञ्चालनगर्दै आइरहेको बताउनुभयो ।

यस्तै दोस्रो कार्यकालका लागि पनि अध्यक्षमा निर्वाचित डा. पथिकले आगामी दिनहरुमा ए.पि.सि.नेपाललाई अझैं व्यवस्थित ढङगले सञ्चालन गरिने बताउनु भयो ।

केन्द्रिय बालकल्याण समितिका सुनिताशाह, बालबालिका खोजतलास केन्द्र लगायत विभिन्न विद्यालय, अभिभावक तथा बालबालिकाहरुको उपस्थिति रहेको उक्त सभामा २०७४÷७५ को सामाजिक लेखा परिक्षण कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ