आज छेटौँ राष्ट्रिय विज्ञान दिवस मनाईंदै

आज छेटौँ राष्ट्रिय विज्ञान दिवस मनाईंदै

  • सोमवार, अशोज १, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

काठमाडौं, असोज १ ।
आज छेटौँ राष्ट्रिय विज्ञान दिवस मनाईंदैछ । दिवसको यस वर्षको नारा विज्ञान तथा प्रविधि दीगो विकास र समृद्धि भन्ने तय गरिएको छ ।

यो दिवस २०७० सालदेखि असोज १ देखि मनाउन थालिएको हो । विज्ञान तथा प्रविधिको क्षेत्रमा क्रियाशिल व्यक्ति तथा संघसंस्थालाई उत्साह दिने र जनमानसमा पनि विज्ञानप्रतिको रुचि बढाउने उदेश्यले दिवस मनाउन थालिएको हो ।

नेपालमा उपलब्ध जनशक्तिबाट पनि विज्ञान तथा प्रविधिको क्षेत्रमा प्रगति गर्न सकिने सम्भावना भए पनि जनशक्ति परिचालन र व्यवस्थापनमा सन्तुलन मिलाउन नसक्दा उल्लेखनीय काम हुन सकेको छैन ।

दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक सोच, विधि र प्रक्रियाबाट राष्ट्रको सम्मुन्नति हासिल गर्न सबैलाई सफलता मिलोस् भन्ने कामना गर्नु भएको छ ।

यसैबीच, नेपाल एस्ट्रोनोमी सोसाइटीले विज्ञान दिवसको अवसरमा कार्यक्रम गर्दैछ । सोसाइटीले अन्तरिक्ष चित्रकाला प्रतियोगिताका लागि आजैदेखि आवेदन फारम खुलाएको छ ।

आवेदन फारम भरेकाबाट छनौट गरी पिपुल्स चोइस भोटिङमा पठाउने र त्यसपछि पहिलो हुनेलाई टेलिस्कोप वितरण गरिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ